त्रिभूवन विश्वविद्यालयद्वारा स्नातक तहका शिक्षकहरुको लागि तालिम सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१ चैत्र, विर्तामोड : त्रिभुवन विश्व विद्यालयले कोरोना महामारी पछि पठन पाठनमा सुदृढिकरण गर्नको लागी प्रदेश स्तरको तालिम सुरु गरेको छ । शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि नयाँ प्रविधि संग अगाडि बढ्दै जाने उदेश्यले आज विर्तामोडको कन्काई आदर्श क्याम्पसको सभा हलमा २ दिने तालिम सुरु भएको हो ।

वि वि एस स्तरमा पढाउने पूर्वका झापा ,इलाम ,पाचथर , तेह्थुम, ताप्लेजुङ्गबाट २५८ जना प्राध्यापक हरु तालिममा कलेजको प्रतिनिधि गर्दै सहभागी भएका छन् ।

प्रदेश १ मा रहेका विभिन्न क्याम्पसहरुबाट तालिममा सहभागी हुन आएका प्राध्यापकहरु तालिम लिन उत्सुक देखिएका थिए । त्रिभुवन विश्व विद्यालय किर्तिपुरले हाल सम्म प्रदेश ७ र ४ मा तालिम सम्पन्न गरिसकेको छ ।

शिक्षाको गुणस्तरमा वृद्धि ल्याउन कलेजका प्राधापकको मुख्य भुमिका हुने प्रा.डा. डिल्लिराज शर्माले बताउनु भएको । डा. गोपाल थापाले अव नयाँ क्याम्पसलाई अनुमति नदिने बताउदै पद्धति विकासमा जोड दिने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.पेशल दाहालले सहभागीलाई यो अवसर सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।

गुरुका पनि गुरु भनेर चिनिने प्रा.डा. प्रेमराज पन्तले प्रोजेक्टरको माध्यमबाट गुणस्तरिय शिक्षा प्रणाली बनाउनु पर्ने भन्दै विदेशको अनुभव प्रस्तुत गर्दै अनुकरण गर्नु पर्ने बताउनु भएको छ। प्रा.डा. महाननद चालिसे, युगराज भट्टराई, कृष्ण चन्द्र शर्मा लगाएत १० जनाको प्रशिक्षक टोली त्रिभुवन विश्व विद्यालयबाट प्रदेश १ मा आएका छन्। सहायक डिन डा.श्रीकृष्ण खरेल स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रममा भोलि सम्म ग्रुप अनुसार विविएस का विभिन्न विषयमा प्रशिक्षण तालिम हुने कार्यक्रमका सञ्चालक सहाएक डिन दिनेशमणि घिमिरेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.