पाकिस्तानी सरकार संकटमा, सत्तारुढ दलका सांसद नै विपक्षमा

A notice in Nepali from Mechinagar Ward No. 10

४ चेत्र, काठमाडौँ : पाकिस्तानमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै इमरान खान नेतृत्वको सरकार संकटमा परेको छ ।

मार्च ८ तारिखका दिन पाकिस्तानी संसदमा प्रधानमन्त्री खानविरुद्ध प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एनले अविश्वासको प्रस्ताव पेश गरिसकेको छ । विपक्षी दलले पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा सत्तारुढ दल पाकिस्तान तेहरीक-ए इन्साफ (पीटीआई) का २४ जना सांसदले भोट हाल्ने बताइसकेका छन् ।

बिहीबार मात्रै सिन्ध हाउसमा लुकेर बसेका पीटीआईका सांसद प्रधानमन्त्री खानकोविरुद्धमा खुलेका थिए । खानले इस्लामावादस्थित सिन्ध हाउसलाई सांसद किनमेल गर्ने स्थान बनाएको आरोप लगाइसकेका छन् ।

सिन्ध हाउसमा सत्तारुढ दलका सांसद लुकेर बसेको तथ्य बाहिरिएपछि खानले सभामुख असद काइसरलाई मार्च २१ मा तल्लो सदनको बैठक बोलाउन निर्देशन दिएका छन् । त्यो बैठकअघि नै पीटीआई छाड्न सक्ने संभावित सांसदलाई कारबाही गर्ने प्रधानमन्त्री खानको तयारी छ । ‘प्रधानमन्त्री खानले अविश्वासको प्रस्तावमाथि भोट हुनुअगावै उनीहरूलाई हटाउने निर्णय गर्नु भएको छ’, सञ्चार मन्त्री फवद चौधरीले भने ।

पीटीआईका नेताहरूले पत्रकार सम्मेलनमा गरेर पैसा दिएर आफ्ना केही सांसदलाई विपक्षीहरुले किन्ने प्रयास गरेको आरोप लगाएका छन् ।

इमरानसामू देखिएको संकट कति खतरनाक ?

सन् २०१८ मा सत्तामा आएका पूर्वक्रिकेटर खानलाई अविश्वासको प्रस्तावमार्फत् सरकारबाट हटाउन विपक्षी दल एक जुट भएका छन् । योसँगै उनले आफ्नो राजनीतिक जीवनमा सबैभन्दा कठिन चुनौती सामना गर्नुपरेको छ । हुन त, हालसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाइएको छैन ।

विपक्षी दलले एउटा अभियान नै चलाएर खानविरुद्ध अर्थतन्त्र चलाउन नसकेको, सरकारले भ्रष्टाचार गरेको र परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको आरोप लगाएको छन् । महँगी र बेरोजगारी बढिरहेका बेला खानविरुद्ध मोर्चाबन्दी भएको छ ।

मार्च २८ मा अविश्वासको प्रस्तावमाथि मतदान हुने अपेक्षा छ । विपक्षी दलले खानविरुद्ध सामान्य बहुमत अर्थात् ३४२ सिटमध्ये १७२ संख्या पुर्‍याउन सके भने खान सरकारबाट बाहिरिने छन् ।

पाकिस्तानको तल्लो सदनमा पीटीआईसँग १५५ जना सांसद छन् । खानले सरकार गठनका बेला साना दलसँग सहकार्य गरेका थिए । तर गठबन्धनमा रहेका चार दलमध्ये तीन वटाले विपक्षीले पेश गरेको अविश्वासको प्रस्तावमा भोट हाल्न सक्ने छन् ।

‘प्रधानमन्त्री सतप्रतिशत खतरामा हुनुहुन्छ’, मंगलबार खान सरकारलाई समर्थन गरेका प्रभावशाली नेता परभेज इलाहीले स्थानीय न्युज च्यानललाई भनेका थिए ।

तर विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव असफल हुनेमा सरकार विश्वस्त देखिन्छ । विपक्षीले खानलाई हटाउन नसक्ने सञ्चार मन्त्री चौधरीले बताए । ‘उनीहरूले संसदमा सामान्य बहुमत पुर्‍याउन सक्दैनन्’, चौधरीले डीडब्ल्यूसँग कुरा गर्दे भने, ‘प्रधानमन्त्री खानले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्नु हुनेछ ।’

यद्यपि, विपक्षीहरूको कसिलो मोर्चाबन्दी, सत्तारुढ दलका सांसद नै खानविरुद्ध उभिएको अवस्था र उनलाई सत्तामा ल्याउन भूमिका खेलेको ठानिएको सेना तटस्थ बस्दा भने सरकारलाई टिकाइरहन निकै कठिन हुन सक्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.