निर्वाचन कार्यक्रम तयार : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

४ चैत्र, काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम तयार पारेको छ।

आयोगले शुक्रबार पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको कार्यक्रम अनुसार २०७९ बैशाख  ११ र १२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ।सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। ​

मनोनयनपत्र जाँचबुझ र त्यसविरुद्ध परेका उजुरी छानबिन गरी उम्मेदवारको प्रारम्भिक नामावली बैशाख १५ गते प्रकाशित हुनेछ। उम्मेदवारलाई नाम फिर्ता लिन वैशाख १६ गतेको समय दिइएको छ।

सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी वैशाख १७ गते निर्वाचन चिन्ह दिने तालिका छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने शुक्रबार साँझसम्म निर्वाचन कार्यक्रम सार्वजनिक हुनसक्ने प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.