४ चैत्र, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।
यसअघि जेठ १८ गतेदेखि सञ्चालन गर्नेबारे छलफल भएको थियो।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मद्देनजर गरी परीक्षा समय तोकिएको उनको भनाइ छ। ‘प्रश्नपत्र सम्बन्धित ठाउँमा कसरी पुर्याउने भन्ने बारेमा भने छलफल भइरहेको छ’‚ उनले भने। यो वर्ष करिब ४ लाख विद्यार्थीले १२ कक्षाको जाँच दिँदै छन्।

























