झलनाथलाई ओलीको प्रश्न : एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर बाकस खाली गर्छु भन्ने ?

‘पाँचदलीय गठबन्धनलाई चुनावबाट एउटै कुचोले बढार्छौँ’

A notice in Nepali from Mechinagar Ward No. 10

६ चैत्र, इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्।

नेता खनालले शनिबार एमालेको बाकस रित्तो पार्ने बताएपछि इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘हेर्नुहोस्, एमाले कार्यकर्ताले जुत्ताचप्पल खियाए र पसिना बगाएर अन्तरेजन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने? एमालेले लगाइरहेको सांसदको फूली, मेयरको फूली बोकेर फिर्ता गर्नुपर्दैन? कति साह्रो लाज नभएको?’

ओलीले नेता खनालले नुनको गुन बिर्सिएको भन्दै आगामी निर्वाचनबाट स्वार्थी तत्त्वहरूलाई मुखभरीको जवाफ दिनुपर्ने बताए। उनले एमालेले कारबाही गरेका १४ सांसदले राजीनामा नदिएकोप्रति आक्रोश व्यक्त गरे।

ओलीले आक्रोश पोख्दै भने, ‘कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनु पर्छ नि। एमालेले लगाइदिएको जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने?’

आगामी निर्वाचनमा कसको बाकस खाली हुने जनताले जवाफ दिने बताए।

‘अहिले यहाँको बाटो भत्किएको रहेछ। यो बाटो बनेको भए अन्तरजन्तरेहरूले मैले बनाइदिएको भन्थे। बाटो भत्किएपछि यहाँका सांसदले मलाई भन्नु पर्दैन। तपाईंहरूले दिएको भोटको भत्ता खाइरहेका छन्’‚ ओलीले भने, ‘एमालेलाई कसैलाई भ्रममा पार्नु छैन। २०५४ सालमा एमालेको एकल बहुमत आउन लागेको देखेपछि पार्टी फुटाए। अहिले पनि एमालेलाई रोक्न खोजिरहेका छन्।’

उनले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले एमालेले बढार्ने दाबी गरे।

‘आगामी निर्वाचनबाट हामी ५ दललाई एउटै कुचोले बढार्छौं। अर्को चुनाव मैले केही भन्नु पर्दैन। हामी चुनाव मात्रै पर्खिरहेका छौँ’‚ ओलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.