१४७ जना संक्रमण मुक्त : ४५ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

७ चैत्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १४७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ भने १ हजार ७७४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ४ हजार ७५२ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १३५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७८ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४० हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ६३ हजार १११ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.