उम्मेद्वार बन्न जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

A notice in Nepali from Mechinagar Ward No. 10

८ चैत, काठमाडौँ : स्थानीय तह निर्वाचनमा दोहो¥याएर उम्मेद्वार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंगलवार अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

उक्त विवादमा सुनुवाईपछि सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहितामा रहेको ‘फेरि उम्मेद्वार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर हुनुपर्ने दाबीसहित गत आइतबार रिट निवेदन दायर गरेका थिए ।

आचारसंहिता विवादमा सर्वोच्चले आगामी चैत १३ गते आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । दुबै पक्षको वहश सुनेपछि मंगलवार जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे टुंगो लाग्ने छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.