Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारजिउँदै जलाउन खोजेको भन्ने उप प्रमुखको भनाई भ्रामक :नेविसंघ, झापा

जिउँदै जलाउन खोजेको भन्ने उप प्रमुखको भनाई भ्रामक :नेविसंघ, झापा

शुक्रबार १९ ,मङ्सिर २०७७

काँकरभिट्टा । मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना पोखरेल उप्रेतीले आफूलाई गाडी रोकेर नेविसंघका कार्यकर्ताले गाडीभित्रै जलाउने प्रयास गरेको विभिन्न संचार माध्यममा आएको खबर भ्रामक भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले प्रेस विज्ञप्ति जारी गरेको छ।

राती अबेर गरी जारी गरिएको विज्ञप्ति बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा संघको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको उल्लेख गरिएको छ ।

यसै विषयलाई लिएर नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले मेरोमेचीनगर डट कमसँग कुरागर्दै भन्नुभयो” हामीले उप – मेयरको गाडी मात्र होइन ,ताप्लेजुङ जिल्ला शिक्षा प्रमुखको गाडी पनि बुधबारे नजिक केहिबेर रोकेको र त्यसको लागि उहाँले सहयोग गरेको बताउनु भयो ।उता मेचीनगरकी उप मेयर चढ्नु भएको गाडी रोक्न खोज्दा सामान्य विवाद भएको स्वीकार गरेको तर विद्यार्थी साथीहरुको कुरै नसुनी ओभर स्पीडमा गाडी कुदाएको र झण्डै दुर्घटना भएको समेत बताउनुभएको छ ।

विज्ञप्तिमा सरकारी गाडी राज्यका सम्पत्ती भएको हुन् भन्ने विवेक आफूमा रहेको र हुँदै नभएको कुरोलाई लिएर अबदेखि मिडियाबाजी गरेर पानी माथी ओभानो हुन नखोज्न समेत चेतावनी दिइएको छ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु