विद्युत् जति चाहिए पनि दिन सक्छाैँ, लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

A notice in Nepali from Mechinagar Ward No. 10

१० चैत्र, काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत घिसिङले विद्युत् आपूर्तीमा एकदुई दिन संकट आएको भएपनि लोडसेडिङ नहुने बताएका हुन्।

‘अहिले १५/२० वर्षपछि एउटा क्राइसिस आएको हो, यो क्राइसिस सँधै हुँदैन, यसलाई हेरेर हामी चाही सप्लाई गर्न सकेनौं, लोड कसरी बढाउने भन्ने कुरा होइन,’ उनले भने,‘अहिले पनि लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन।’

उनले विद्युत् अभावको समस्या नेपालमा मात्रै विश्वभर रहेको पनि बताएका छन्। रुस–युक्रेन संकट लगायत विभिन्न कारणले विश्वभरी नै उर्जा संकट परेको बताएका छन्। घिसिङले आवश्यकताअनुसार विद्युत् आपूर्ती गर्न प्राधिकरण सक्षम रहेको बताएका छन्। त्यसकारण नै भारतबाट महँगो शुल्क तिरेर भएपनि विद्युत खरिद गर्न लागिएको उनले बताए।

महँगोमा विद्युत किन्ने अवस्था सँधै नरहने उनले बताए। केही समय प्राधिकरणलाई घाटा हुने र सो अवधिमा सहयोग गर्न सरकारसमक्ष पनि आग्रह गरिएको उनले बताए। उद्योगी, व्यवसायीलाई पनि यस्तो अवस्थमा सक्दो योगदान गर्न कुलमानले आह्वान गरेका छन्।

विद्युतको आपूर्ती कम भएको समयमा माग बढेका कारण केही समय संकट परेको उनले बताए । अघिल्लो वर्षको यही समयमा विद्युतको माग १३ सय मेगावाट रहेकामा अहिले माग बढेर १६५० मेगावाटसम्म पुगेको उनले बताए । यही अनुपातमा माग बढेको अवस्थामा आगामी दिनमा विद्युतको माग २००० मेगावाट पुग्ने प्रक्षेपण गरेका छन्।

घिसिङले हाल दैनिक रुपमा ९०० मेगावाट मात्रै उत्पादन भइरहेको र दैनिक १३ सय मेगावाट उत्पादन हुने अवस्थामा ल्याउनका लागि भारतबाट विद्युत आयात गरिएको बताए । अघिल्लो वर्ष यही समयमा  ८ सय मेगावाट विद्युत भारतबाट आयात भएकोमा यस वर्ष साढे तीनसय देखि चारसय मेगावाट मात्रै आयात भएको जानकारी दिए।

विद्युतको संकट हुन नदिन भारतबाट आयात गर्ने सम्झौता भएपनि भारतमा आयातित कोइला अभाव भएपछि मागबमोजिमको विद्युत आयात गर्न नसकिएको उनले बताए । ‘आयातित कोइलाबाट उत्पादन भएको विजुली मात्र भारतले निर्यात गर्ने हो, कोइला अभाव भएपछि भारतले विजुली बेच्न नसकिने बताएपछि यहाँ केहीदिन संकट देखा परेको हो,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.