मेचीनगरमा महिला हिंसा विरुद्दको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काँकरभिट्टा, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा झापाको मेचीनगर नगरपालिकामा महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सकिएको छ ।

‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्दता , व्यक्ति , समाज र सवैको ऐक्यबद्दता’ ’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले आयोजना गरेको कार्यक्रम विहीबारबाट शुरु भएको थियो । अभिमुखीकरणमा सहभागीहरुलाई अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, महिला हिंसाको स्वरुपमा परिवर्तन, हिंसा निवारणका लागि ध्यान दिनुपर्ने विषयवस्तु समेटिएको अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।

अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा नै विवाद निरुपण हुन सकेको खण्डमा अंगभंग हुने, आत्महत्या गर्नै, हत्या हुने अवस्थासम्म पुग्ने जोखिम न्यून रहने र प्रारम्भिक चरणमै विवाद निरुपणका लागि नजिकको भरपर्दाे निकाय स्थानीय तह नै रहेको जानकारी गराउनुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.