जनसंख्याको आधारमा कुल उम्मेद्वारको आधा महिला हुनु पर्ने माग

A notice in Nepali from Mechinagar Ward No. 10

११ चैत, बिर्तामोड : आसन्न स्थानीय तहको निर्वाचनमा जनसंख्याको आधारमा सबै पदहरुको उम्मेद्वारीमा महिलाको समान सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरुलाई महिला नेतृहरुले ध्यानाकर्षण गराएका छन् ।
संविधानप्रद्धत महिलाले उम्मेद्वार बन्न पाउने लगायतका राजनीतिक अधिकार उपभोगका लागि महिलाहरुको इच्छाशक्ति अभिवृद्धि गर्दै आ–आफ्नो राजनीतिक दलमा खबरदारी गर्दै महिलाको सहभागिता बढाउने विषयमा महिला नेतृहरु एक देखिएका छन् ।
संवाद समूहको सचिवालयले शुक्रबार झापाको बिर्तामोडमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता बढाउने उपाय तथा प्रतिबद्धता विषयक अन्तरक्रियाका सहभागी महिला नेतृहरुले स्थानीय तहमा हरेक दलबाट कुल उम्मेद्वारको आधा महिला हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद समेत रहेकी एमाले नेतृ जसमाया गजमेरले झापाका १५ वटा स्थानीय तहमध्ये कम्तीमा पाँच वटा स्थानीय तहको प्रमुख पदमा महिलालाई उम्मेद्वार बनाउनु पर्ने बताइन् ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, नेपाली कांग्रेसकी नेतृ एवम् नेपाल महिला संघ झापाकी सचिव उर्मिला ढकाल पोखरेल, जनता समाजवादी पार्टी झापाकी उपाध्यक्ष संगीता रौनियार, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, मेची–महाकाली बुहारी आवाजकी झापा अध्यक्ष शिखा खड्का गणेश, सेतो गुराँस बाल विकास झापाकी अध्यक्ष कृष्णमाया रिजाल, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, कोचिला महिला फन्टकी अध्यक्ष तथा भूमि आयोग झापाकी सदस्य सनम राजवंशी लगायतले महिला बीचको एकता र निर्णायक तहको सहभागितामा जोड दिए ।
नेत्रहिन संघ झापाकी अध्यक्ष सृजना बरालले दलहरुले हरेक स्थानीय तहमा फरक क्षमता तथा अपाङ्गता भएका व्यक्तिलाई पनि नेतृत्वमा समावेश गर्नुपर्नेमा जोड दिइन् ।
उनीहरुले सबै तहका निर्वाचमा लक्षित वर्गको संविधान प्रदत्त सहभागिता र मौलिक अधिकारको सुनिश्चितताका लागि सबै राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।
पत्रकार अर्जुन राजवंशीले नेपालमा महिला सहभागिता बारेको तथ्यांकीय विवरणसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका अधिवक्ता खगेन्द्र खरेल र कमला भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.