११ चैत्र, झापा : जिल्ला प्रशासन कार्यालय झापाद्वारा यही २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखि जिल्ला भित्र इजाजत प्राप्त गरी व्यक्तिको नाममा रहेका हतियारहरु अनिवार्य रुपमा बुझाउन जिल्लाबासीलाई अनुरोध गरेको छ ।
सूचनामा जिल्लामा स्थानीय तहको निर्वाचन, निष्पक्ष, शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न जिल्ला प्रशासन कार्यलयबाट इजाजत लिएका सबै किसिमका हतियारहरु निर्वाचन सम्पन्न भएपछि फिर्ता पाउने गरी नजिकको प्रहरी कार्यालयमा १५ दिन भित्रमा अनिवार्य बुझाउन भनिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय झापाको सूचना :


























