आठमहिनामा ३८ करोड रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात

A notice in Nepali from Mechinagar Ward No. 10

११ मेचीनगर, चैत : चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो आठमहिनामा पूर्वी काँकरभिट्टा नाका भएर ३८ करोड रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको छ ।

पूर्वी पहाडी जिल्लामा मुख्यः नगदेवालीको रुपमा रहेको अम्रिसोको माग भारतमा निक्कै हुने गरेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिना सम्ममा काँकरभिट नाका भएर ३८ करोड ६९ लाख ७५ हजार रुपैयाँ रुपैयाँ मुल्य बराबरको ७ हजार ७ सय ३९ मेट्रिक टन अम्रिसो निर्यात भएको छ ।

भारतसहित बंगलादेशमा नेपालमा उत्पादन अम्रिसोको माग बढेको बढ्यै भएपनि विगत चारवर्षदेखि पूर्वी काँकरभिट्टानाका हुदँैं भारततर्फ जाने अम्रिसोको निर्यात खासै सन्तोषजनक नरहेको कार्यालयको भनाई छ ।

नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाचथर, ईलाम र झापाका केहि केहि तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लम्जुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ । नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई छ ।

सिलङ्गबाट मात्र बर्षेनी पाँच देखि साढे पाँचलाख वण्डल अम्रिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइएको छ । नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता, राजस्थान, हैदरावाद लगायतको बजार लिनेको गरेको छ । अम्रिसोको निकासी प्रकृया कुनै झण्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायीहरुको भनाई छ ।

निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । झापा जिल्लामा मात्र तीनदर्जन बढी कुचो व्यबसायी रहेका छन् । झापाली कुचो व्यवसायीबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा दुईहजार बढीले रोजगार पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.