तीनदेशबीच हुने व्यपार आयातको तुलनामा निर्यात कम

A notice in Nepali from Mechinagar Ward No. 10

११ चैत मेचीनगर : चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो आठ महिनामा नेपालबाट भारत र बंगलादेशबीच पूर्वी काँकरभिट्टा भएर हुने व्यपार आयातको तुलनामा निर्यात कम छ ।

आयातभन्दा निर्यात कम भएपछि यो नाका भएर भारत र वंगलादेशसँग हुने व्यपार यी दुईदेशको पक्षमा छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि फागुन महिना सम्म यो नाका भएर भारतबाट २४ अर्व ३४ करोड ५९ लाख १९ हजारका मालसामान आयात गरिएको छ भने ६ अर्ब ८१ करोड ७७ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको मालसामान निर्यात भएको छ ।

यसैगरी, सोहि अवधिमा बंगलादेशबाट ८ अर्ब २० करोड ५८ लाख ८७ हजार रुपैयाँका मालसामान आयात हुदाँ ४८ करोड ५९ लाख ८० हजार रुपैयाँमुल्य बराबरका मालसामान निर्यात भएको कार्यालयले जनाएको छ । बंगलादेश निर्यात हुने नेपाली सामानको संख्या ज्यादै न्यून छ । पुगनपुग आधा दर्जन आइटम मात्रै निर्यात हुन्छन् । व्यवसायीहरुका अनुसार बंगलादेशसंगको व्यापारको आधा भन्दा वढी हिस्सा मुसुरो दालले ओगट्छ । खासमा मुसुरोका कारणले मात्रै नेपाल–वंगलादेश व्यापार चलेको छ ।

नेपालवाट मुसुरोका अतिरिक्त डावर नेपालका उत्पादनहरु मह, हजमोला, चवानप्रास, कपालमा लगाउने तेल प्रमुख रुपमा निर्यात हुन्छ । त्यस्तै चिराइतो, मोजितो, रिठ्ठालगायतका जडिवुडीहरु पनि वंगलादेश निर्यात सूचीमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.