विमानस्थलमा एमाले र माओवादी नेतासँग पूर्वराजाको जम्काभेट

A notice in Nepali from Mechinagar Ward No. 10

११ चैत्र, काठमाडौँ : नेकपा (एमाले) र माओवादी केन्द्रका नेता र पूर्वराजा ज्ञानेन्द्र शाहबीच शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएको छ।

विमानस्थलको आन्तरिक टर्मिनलबाट तीनै जना तीनतिर जान लागेका बेला भिआइपी कक्षमा भेट भएको हो। पूर्वराजा शाह भद्रपुर जान लागेका थिए। एमालेका सचिव छविलाल विश्वकर्मा भैरहवा र माओवादी केन्द्रका नेता गणेश साह चितवनको भरतपुर जाँदै थिए।

विमानस्थलमा जम्काभेट भएपछि केहीबेर पूर्वराजा शाहसँग नेपालको विकास र समसामयिक विषयमा कुराकानी भएको माओवादी केन्द्रका नेता साहले बताए।

‘नमस्कार आदानप्रदान भइसकेपछि नेपालको विकास र समसामयिक विषयमा उहाँ (पूर्वराजा) सँग कुरा भयो, साहले भने, मैले चाहिँ पानीको प्रविधि, पानीको स्वच्छता, बढ्दो वातावरण प्रदूषणका विषयमा पनि कुराकानी गरेँ।’

सामान्य कुराकानी पछि एमाले सचिव विश्वकर्माले फोटो लिन गरेको आग्रह पूर्वराजाले सहज रुपमा स्वीकारेका थिए।

त्यहि फोटो आफ्नो फेसबुकमा पोष्ट गर्दै नेता विश्वकर्माले लेखेका छन्, आज काठमाडौं एयरपोर्टमा संयोगको भेटघाट तथा भलाकुसारी लेखेका छन्। त्यसपछि तीनजना गन्तव्यतर्फ लागेको साहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.