काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा अघि बढाउदै झापा काँग्रेस

A notice in Nepali from Mechinagar Ward No. 10

११ चैत्र, झापा : घर– घर जाऔ– काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्वाबार जिल्लाका अधिकांश वडामा वडा भेला सम्पन्न गरेको छ ।
काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा वृहत वडा भेला सम्पन्न भएका छन् ।
वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन र वडा एवं टोल समितिको भुमिका, भातृ एवं शुभेच्छुक संघसंस्था परिचालन लगायतका विषयमा चर्चा गरिएको थियोे ।

यसैबीच मेचीनगर–६ मा आयोजित वडा भेला नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । पारस सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका लागि जिल्ला प्रतिनिधि निरज घिमिरेले पार्टी संगठन, एमसिसि लगायतका विषयमा बोल्नुभएको थियो । यसैगरी मेचीनगर–२ का सभापति नगेन्द्रप्रसाद रिजालको सभापतित्व एवं जिल्ला उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा वडा भेला सम्पन्न भएको छ ।

यसैगरी नेपाली काङ्ग्रेस झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ५ को वडा भेला जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
वडा सभापति दिपक मेनेङ्बोको सभापतित्व र महाधिवेशन प्रतिनिधि सीता पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाइले पार्टी संगठन बलियो बनाउन टोल र वडा समितिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सदस्य एवं वडाका लागि जिल्ला प्रतिनिधि पुस्पलाल चौधरी, हर्कलाल गिरी, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्बेली, व्वसायी ओमकृष्ण बिमली, एबिसी नेपाल झापा संयोजक कन्चना सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष राधिका चुडाल, महिला उद्यमी पावर्ता बिमलीलगायत क्षेत्रीय प्रतिनिधिहरु, टोल समितिका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ११ वटा टोलका टोल संयोजकहरुले टोलमा रहेका मतसन्ख्याबारे तथ्यांक प्रस्तुत गरेका थिए । नेपाली काङ्ग्रेस झापा छेत्र नम्बर–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले औचित्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत सुष्मा पौडेल र सन्चालन वडा सचिव राजेश नेपालले पार्नुभएको थियो ।
यसैगरी अर्जुनधारा नगरपालिका वडा नं–४ मा खेम काफ्लेको सभापतित्वमा वृहत वडा भेला सम्पन्न भएको छ । कार्यक्रममा वडाका लागि जिल्ला प्रतिनिधि एवं नेपाली कांग्रेस झापाका सविच कृष्ण हुमागाईले पार्टी संगठन निर्माण र स्थानीय निर्वाचनमा टोल एवं वडा समितिको भूमिका, एमसिसि भ्रम र यथार्थ लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । केदार खड्काले स्वागत र सुनिल वि.क.ले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

अधिकांश वडा भेलामा स्थानीय तहको चुनाव, वडा एवं टोल समितिको सक्रियता, भातृ एवं शुभेच्छुक संस्था परिचालन लगायतका विषयमा छलफल र अन्तरक्रिया भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.