जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग

A notice in Nepali from Mechinagar Ward No. 10

११ चैत्र, काठमाडौँ : यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।

‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ घिमिरले भने, ‘निजी क्षेत्रलाई नदिने भए विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ भनेका छौं ।’

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । ‘शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ महानिर्देशक घिमिरेले भने ।

उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

‘अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुँदैछन्, अब क्षमता बढाएर १५ हजार बनाउँछौं,’ घिमिरेले भने, ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भनसक्ने बनाएर बिचौलिया रोक्छौं ।’ जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढंगबाट सेवा प्रवाह दावी गरे ।

‘आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलायनबाट शुलक भुक्तानी गर्न सक्ने व्यवस्था गर्छौं,’ उनले भने ।

बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै महानिर्देशक घिमिरेले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.