स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने कांग्रेसको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

१५ चैत्र, काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार  गठबन्धनका अन्य दलसँग तालमेल गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले स्थानीय अवस्था र आवश्यकताका अनुसार गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने निर्णय गरेको बताएका छन्।

‘बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजय हुने आधार र परिस्थिति बनेकोमा अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ,’ उनले भने।

बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्को संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा  केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ। पार्टी सभापतिले थप परामर्श पछि समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए।

स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लिखित विधान र प्रावधान र प्रकृयाअनुसार  कार्य अगाडि बढाइने प्रवक्ता महतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.