बलात्कार मुद्दामा किशोरीलाई साढे तीन वर्ष कैद, युवकलाई सफाइ (फैसलाको पूर्णपाठ)

सहमतिमा भएको यौनसम्पर्कलाई बलात्कार मान्न नसकिने अदालतको ठहर

A notice in Nepali from Mechinagar Ward No. 10

१६ चैत, अछाम : जिल्ला अदालत अछामले बलात्कारको झूटो आरोप लगाउने एक युवतीलाई जेल सजाय सुनाएको छ। अदालतले सहमतिमै यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई जेल सजाय सुनाएको हो।

बलात्कारको झूटो आरोप मुद्दामा जिल्लाको कमल बजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई साढे तीन वर्षको कैद सजाय तोकिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले यस्तो फैसला सुनाएको हो।

गत माघ १५ गते आफूलाई बलात्कार गरेको भन्दै १७ गते उनले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।

‘फोन मार्फत कुरा हुने गरेको थियो। प्रेम भएपछि युवक घरमा बिहेको प्रस्ताव लिएर आए। घरमा आमासँग विवाहको कुराकानी गरे। युवक राति त्यहीँ घरमा बसे।’ किशोरीले बयानका क्रममा भनेकी थिइन्। उनले युवक भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, युवकले बलात्कार नभएर सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए।

विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए। युवकले आफन्तको निधन भएका कारण विवाह नगरी फर्किएको बताएका थिए। सुरूमा बलात्कार आरोप लगाउने किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन्।

सहमतिमा भएको यौनसम्पर्कलाई बलात्कार मान्न नसकिने अदालतको ठहर छ। किशोरीको उजुरीपछि बलात्कार आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय युवकले सफाइ पाएका छन्।

(फैसलाको पूर्णपाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.