विराटनगर । नेपालमा शुक्रबार थप एक हजार दुई सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै सङ्क्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १५ हजार चार सय ७७ रहेको छ ।
यसैगरी आज थप एक हजार ७५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ६७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्: