झापामा जलवायु परिवर्तन तथा खाद्य सुरक्षा सम्बन्धी छलफल

A notice in Nepali from Mechinagar Ward No. 10

१८ चैत्र, झापा : जिल्लामा जलवायु परिवर्तन भएको पाइएको र यसका असरहरु पनि देखिन थालेको झापामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले राष्ट्रिय योजना आयोग, १ नं प्रदेश योजना आयोग र जिल्ला समन्वय समिति झापाको सहकार्यमा आयोजना गरेको पुनरुत्थानशीलता तथा जीवकोपार्जन विश्लेषण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरुले बेमौसमी वर्षा, बेमौसमी हावापानी, बाढी, अत्यधिक असिना–पानी, खडेरीजस्ता प्राकृतिक क्रियाकलाप बढ्दै गएको र यसले मुख्य रुपमा कृषि बाली प्रभावित हुँदै गएको बताएका छन् ।
जिल्लाका सबै गाउँपालिकाका प्रतिनिधि, कृषि सहकारी क्षेत्रका प्रतिनिधि, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरुबाट मुख्य रुपमा खाद्य बालीहरुमा क्षति पुग्दै आएको र यसले भविष्यमा खाद्य सुरक्षामा असर पर्नसक्ने बताएका थिए ।

जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मनिा पराजुलीको अध्यक्षतामा बिहीबार भद्रपुर र शुक्रबार कनकाईमा सम्पन्न कार्यक्रमलाई विश्व खाद्य कार्यक्रम प्रदेश नं १ का संयोजक लक्ष्मी चौधरी, प्रदेश नं २ का कार्यक्रम संयोजक कृष्ण माझी, ट्रेनर बन्दना कर्णलगायतले सहजीकरण गरेका थिए । प्रदेश १ संयोजक चौधरीले प्रश्नावलीसहितको प्रस्तुति गरिएको र पालिकागत रुपमा भरिएका विवरणलाई लिपिबद्ध गरिने जानकारी दिए । यसले खाद्य सुरक्षा एवम् जलवायु परिवर्तनबाट देखिएको असर न्यूनिकरण गर्ने उपाय अवलम्बन गर्ने रणनीति तयार गर्न सघाउ पुर्याउने जानकारी दिए ।

बिहीबार भद्रपुरमा प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीकी प्रशिक्षक अनिता गुरागाईंले सञ्चालन गरेको अन्तरक्रियाको उद्घाटन समारोहमा प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
छुट्टाछुट्टै रुपमा गरिएको दुई दिनको छलफल निकै उपलब्धिमूलक रहेको बताउँदै कार्यक्रम संयोजक चौधरीले यो विश्लेषणबाट प्राप्त हुने जीवन निर्वाहका साधनहरुमा आधारित क्षेत्रहरुको क्षेत्रगत उत्थानशीलताका तह, संवेदनशीलताका तह, जलवायु परिवर्तनका भविष्यका परिदृष्य र जोखिमताको तह बारेका जानकारी/तथ्यहरू शुन्य भोकमरी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति, खाद्य सुरक्षा सम्बन्धी नीति तथा कार्यक्रम र परियोजना निर्माण गर्न अत्यन्त उपयोगी हुने र यी सूचनाहरुले शुन्य भोकमरीको लक्ष्य प्राप्तिका लागि लक्षित क्षेत्रहरु पहिचान गर्न, प्रगति मापनका लागि प्रमाण (सूचक) का रुपमा, खाद्य सुरक्षा मापन र विश्लेषण गर्ने सूचकहरुका रुपमा र जलवायु अनुकूलन तथा उत्थानशीलता सम्बन्धी कार्यक्रम र परियोजना तय गर्न महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.