भन्सार एजेन्टको स्थगित परीक्षा वैशाख १७ गते हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, झापा : पाटन उच्च अदालतको मिति २०७८ साल फागुन २७ गतेको फैसलाबाट स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुलेपछि भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने भएको छ । पाटन उच्च अदालतद्वारा चैत्र १३ गते सुनवाइ गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिइनु नपर्ने निर्णय गरेपछि भन्सार विभागलाई परीक्षा गराउन बाटो खुलेको हो ।

भन्सार विभागले आज भन्सार एजेन्टको स्थगित परीक्षा आगामी २०७९ साल वैशाख १७ गते शनिबार दिनको २ बजे लिने सूचना प्रकाशित गरेको छ । परीक्षा केन्द्रहरु भने विभागले पछि तोकिने गर्ने सूचनामा उल्लेख गरेको छ ।
हेर्नुहोस् विभागको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.