नेपालले जित्यो त्रिकोणात्मक सिरिज

A notice in Nepali from Mechinagar Ward No. 10

२१ चैत्र, काठमाडौँ : त्रिकोणत्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। :

सोमबार टियु मैदानम भएको फाइलनमा पपुवा न्युगिनीलाई ५० रनको फाराकिलो अन्तरले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो। उपाधि जित्ने क्रममा नेपालले सिरिजका पाँच खेलमै जित निकाल्यो । त्यसक्रममा नेपालले पपुवा न्युगिनीमाथि ३ र मलेसियामाथि २ जित निकाल्यो।

नेपाललाई उपाधि दिलाउन दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । उनले अर्धशतक प्रहार उनले बलिङमा पनि ४ विकेट लिए।

टियु मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पपुवा न्यगिनी १६.१ ओभरमा ११८ रनमै अलआउट भयो। उसका लागि सेसे बाउले अर्धशतकीय योगदान दिए पनि अन्यले गतिलो योगदान दिन सकेनन् ।

बाउले ३८ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए । यस्तै, चार्लस अमिनीले १४ बलमा १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले ४ आभेरमा १८ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ लिए।

दीपेन्द्र र करणको उत्कृष्ट ब्याटिङ

दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्को अर्धशतकीय इनिङ खेल । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए।

८२ रनमा तेस्रो विकेट गुमाएको नेपाल त्यसपछि कुनै रन नजोड्दै थप २ विकेट गुमाएपछि दबाबमा  आएको नेपालको इनिङ उकास्ने क्रममा दीपेन्द्रले ३८ बलमा ५ चौका प्रहार गर्दै ५४ रन बनाए ।

यस्तै, करण केसीले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाउँदा ओपनर आसिफ सेखले २९ र कुशल भुर्तेलले २५ रन बनाए । यस्तै, युवा अलराउन्डर आदिल आलमले १५ रन बनाए ।

पपुवा न्युगिनीका सेमो कामेअले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्र बने हजार रन बनाउने पहिलो नेपाली क्रिकेटर

पपुवा न्युगिनीविरुद्ध अर्धशतकीय इनिङ खेलेका करणले नयाँ कीर्तिमान बनाए । टियु मैदानमा २१ रन बनाएसँगै दीपेन्द्र नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने पहिलो क्रिकेटर बने।

नेपाली टिमक सबैभन्दा उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रले ३९ खेलको ३४ इनिङमा १ शतक र ४ अर्धशतक प्रहार गर्दै यो उपलब्धि हाँसिल गरेका हुन्।

यसक्रममा दीपेन्द्रले वेष्टइण्डिजका क्रिस गेलको कीर्तिमान बराबरी गरे । गेलले पनि टि–२०मा ३४ इनिङमा १ हजार रन बनाएका थिए । सर्वाधिक छिटो १ हजार रन बनाउनेमा दीपेन्द्र न्युजिल्यान्डका केन विलियम्सन, श्रीलंकाका कुशल परेरा र गेलसँगै १०औं स्थानमा छन्।

नेपालका लागि सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय रन बनाएका दीपेन्द्रले उनले यही सिरिजमा पूर्वकप्तान पारस खड्काको नाममा रहेको ७९९ रनको कीर्तिमान तोडेका थिए ।

अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका दीपेन्द्रले जारी सिरिजमा लिगको अन्तिम खेलमा मलेसियालविरुद्ध अविजित ११० रन प्रहार गर्दै नेपालका लागि दुवै फर्म्याटमा शतक प्रहार गर्ने पारसपछि दोस्रो खेलाडी बनेका थिए ।

दीपेन्द्रको यो इनिङ टी-२० मा नेपालका लागि कुनै पनि खेलाडीले बनाएको उत्कृष्ट इनिङ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.