२१ चैत, मेचीनगर : १ नम्बर प्रदेश झापा जिल्लाको मेचीनगर नगरपालिकाका एमाले युवा नेता बालकृष्ण थापाले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको वडानम्बर ६ को वडा अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
व्यवसायी समेत रहनु भएका युवा नेता थापााले नेकपा एमालेबाट आफ्नो उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेकपा एमालेलाई मूल्य, मान्यता, पार्टीको एजेन्डा र निष्ठाको राजनीतिक बाहक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले आफ्नो व्यवसायलाई थाती राख्दैं राजनीतिमा आएको थापाको भनाई छ ।
उम्मेद्वारी घोषणा संगै थापाले आफ्नो उम्मेद्वारी व्यक्तिगत स्वार्थको लागि नभएर जनता र राष्ट्रहितको लागि हुने प्रतिक्रिया दिनुभएको छ । जनता र कार्यकर्ताको मर्म अनुसार काम गर्न गराउन आफ्नो उम्मेद्वारीभएको थापाको भनाई छ । ‘मेरो बुझाईमा राजनीति पेशा होईन सेवा हो’ युवा नेता थापाले भन्नुभयो —‘यसैले म सेवा कार्यमा सदैव तत्पर रहने छु, वडा अध्यक्ष भएर अझै जिम्मेवारीका साथ जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिने छु ।’ मेचीनगरको ६ नम्बर वडा भित्र बसोबास गर्नुहुने आम मतदाताले आफ्नो अमुल्य मत दिएर सेवा गर्ने अवसर दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
‘असली समाजसेवी त त्यो हो, जसले हरेक समाजमा बसोेबास गर्ने समुदायका दुःख सुखलाई नजिकबाट नियालेको हुन्छ । अनि त्यही दुःख सुखमा साथ दिन्छ र चर्याइरहेको घाउमा मल्हम पट्टीकोे काम गर्छ’ थापा भन्नुहुन्छ—‘जतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रास थियो, हजारौै मानिसकोे ज्यान गइसकेको थियो, लाखौं मानिसहरु संक्रमित थिए त्यसबेला मैले विना स्वार्थ नगरका विभिन्न वडाहरुमा पुगेर वडावासीलाई गरेको योगदानले पुष्टि गर्दछ ।’ नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण बिहान बेलुका घरको चुल्होमा आगो धेरैको बलेन यस्तै वर्गका सामु असल समाजसेवीको रुपमा पहिचान बनाए झापा मेचीनगर—६ काँकरभिट्टाका स्थायी वासीन्दा युवा व्यवसायी बालकृष्ण थापाले ।
लकडाउनका बखत नगरका विभिन्न वडामा स्थानीयको आर्थिक अवस्था बुझ्न युवा नेता थापा पस्नुभयो । पैसा अभाावका कारण औषधि खान नपाएर घरको ओछ्यानमा ६० वर्षीय विरामी डम्बरबहादुर पाण्डे छटपटाउदैं रोग पाल्न बाँध्य भएको दृश्य त चामल नभएर मुरई र पानी खादैें दिन रात कटाएको अवस्था उहाँले देख्नुभयो ।
सामान्य वर्गमा खाद्यन्नको अभाव र विरामी पाण्डेलाई देखेर उहाँको मन मानेन गोजीबाट एक हजार रुपैयाँको एउटा नोट निकालेर उनकी श्रीमती कमला पाण्डेलाई दिनुभयो र भन्नुभयोे जानु होस औषधि किनेर ल्याएर रोगी श्रीमानलाई खुवाउनुहोस । उहाँले भावविभोर हुुदै एकहजार रुपैैयाँको नोट समाउनुभयो भन्नुभयो — ‘भगवनले बाबुको कल्याण गरुन ।’ यो दृश्य अहिले पनि थापाको अनुहारमा झलझलि आउछ ।
थापाले प्रति परिवार करीव ८ देखि १० केज।ी सम्म आलु र त्यति नै परिमाणमा चामल बाड्नुभयो । यो अहिलेसम्म नगरवासीले विर्सन सकेका छैनन् । थापाले आफुसँग प्रश्स्त भएर बाडेको नभई समाजमा बसेर एउटा सच्चा नागरिकले निभाउनु पर्ने भूमिका मात्र निभाएकोे प्रतिक्रिया दिनुभएको थियो । थापाले १ हजार १ सय ५० केजी आलु र ६ सय ३० केसी चामल कोभिडका बखत उहाँहरुलाई निःशुल्क वितरण गर्नुभएको थियो । विभिन्न धार्मिक, साँस्कृति, राजनीतिक खेलकुद शैक्षिक गतिविधिमा सक्दोे सहयोग गदैं आउनु भएका थापाको एक्लो प्रयासमा एकसय ६१ परिवारका राहत सामग्री वितरण गर्नुभएको थियो ।
मेचीनगरका बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उहाँ लोकप्रिय बन्नुभएको छ । सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिनु भएको थियो । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उहाँ समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आउनु भएको छ ।

























