२९ चैत, काँकडभिट्टा : नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले नेकपा एमालेका सबै जिम्मेवारीबाट बिदा लिएर मंगलवारबाट स्वतन्त्र जीवन जिउने घाेषणा गर्नुभएकाे छ । सामाजिक सञ्जालमा पाेस्ट गर्दै तत्कालिन काँकडभिट्टा गाविसका अध्यक्ष समेत रहनुभएका नेता घिमिरेले पटक पटक आफुमाथि भएको अन्याय सहन नसकेर एउटै व्यक्तिलाई थपीथपी जिम्मेवारी दिने र अरूलाई अवसरबाट बञ्चित गर्ने गुटबन्दीका नाईकेहरूसँग बसेर पटक पटक अन्याय सहन नसक्ने भन्दै नेकपा एमालेकाे सम्पुर्ण जिम्मेवारीबा बिदा लिएर स्वतन्त्र जीवन बिताउने निष्कर्षमा पुगेकाे उल्लेख छ । निर्वाचन क्षेत्र नम्वर १ झापा, नेकपा एमालेकाे संयाेजक समेत रहनु भएका नेता घिमिरेले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा मेचीनगर नगरपालिकाकाे प्रमुख पदमा इच्छा व्यक्त गर्नुभयाे । उहाँ पार्टीको आन्तरिक चुनावमै पराजित भए पछि नाम सिफारिस भएन। त्यस लग्तै उहाँले सन्तुष्ट जनाउदै घुमाउराे पाराले नेकपा एमाले झापा सहईञ्चार्ज तथा संविधानसभा सदस्य रविन काेईराला र पार्टीका सल्लाहकार सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई माथि आक्रोश व्यक्त गर्नुभएकाे थियाे । उहाँका दुबै पाेष्ट हेराैँ :
१) आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटैलाई थपिथपि जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुडबन्दीका नाइके हरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पूर्ण मित्रहरूसँग क्षमा चाहान्छु।

२) २०७८ चैत्र २५ गते नेकपा एमालेको तर्फबाट मेचीनगर नगर प्रमुखको उम्मेदवार छनौटकोअन्तरिक निर्वाचनमा मलाई सम्मान जनक तेस्रो स्थानहुने गरी मतदान गर्नुहुने पार्टी वार्ड कमिटी तथा नगर कमिटीका सम्पुर्ण कमरेडहरु प्रति आभार प्रकट गर्दछु। साथै २०४९ सालदेखि २०५४ साल सम्म काँकडभिट्टा गाउँ विकास समितिमा नेकपा एमालेको तर्फबाटअध्यक्ष भएर काम गरे गाउँ विकास समितिलाई नगरपालिका बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरे । २०५४ को स्थानीय निर्वाचनमा मेरा अग्रज रबिन कोइरालालाई नगर प्रमुख हुन मैले प्राप्त गर्ने उम्मेदवारीलाई छाडेर सहयोग गरे । २०७४ सालको निर्वाचनमा अर्का मेरा आदरणीय व्यक्तित्व विष्णुप्रसाद प्रसाईंलाई आफ्नो दाबी छाडेर सहयोग गरे । २०७९ को निर्वाचनमा तपाईंलाई पक्का उम्मेदवार बनाउने भन्नुपनी भएको थियो। तर आदरणीय नगरबासी आमाबुबा दिदिबहिनी दाजुभाइ मैले २०४१ साल देखि पार्टीको काममा निरन्तर लागि रहेकै छु । जनताको काममा लागिरहेकै छु । आफ्नो पेशा व्यावसायिक कामलाई भन्दा जनसेवा लाइ प्राथमिकता दिएर निरन्तर काममा छु। तर मैले आदरणीय मानिरहेका मेरा अग्रजहरुले योजनावद्ध ढङ्गले प्रदेश सभाका माननीय गोपाल बुडाथोकीलाई ९ महिना अवधि हुँदा हुँदै नगर प्रमुखको उम्मेदवारी किन बनाउनु पर्ने ? के गोपाल बुडाथोकी मात्रै हो नेकपा एमालेको यो नगरमा नगर प्रमुख हुने अरु कोही छैनन् ? के छ नगरपालिकामा माननीय जस्तो सम्मानित ठाउँबाट किन तल झर्नु पर्यो ? नेकपा एमालेका इमानदार कार्यकर्ता र मतदाताले डिल्लीराम घिमिरेलाई नगर प्रमुख बनाउनु पर्छ भन्दै हुनुहुन्छ तर मैले पार्टीमा गरेको लगानी र जनसेवामा गरेको योगदानको कुनै प्रवाह नगरी नगर प्रमुखको उम्मेदवारी बन्न बाट किन बन्चित गरियो ? डिल्ली घिमिरेलाई छेक्नका निम्ति २०७४ को स्थानीय निर्वाचनमा अन्तरघातको आरोप लाउने र आरोप खाने मेरा आदरणीय नेताहरू एकैठाउँमा जुट्नु भएको देख्दा म आफुलाई शक्तिशाली भएको महसुस गरेको छु । अन्तमा मलाई माया गर्नुहुने नगर बासी बुबाआमा, दिदीबहिनी, दाजुभाइहरुको सेवामा सकेसम्म लागि रहनेछु साथै तपाईंहरुले मलाई मतदान गर्ने ठाउँ पनि पाउनु हुनेछ अझ बढी साथ र सहयोग को अपेक्षा गर्दछु। धन्यवाद

नेता घिमिरेले एमाले पार्टी परित्याग गरेकाे हाे कि हाेईन पाेष्टमा स्पष्ट छैन् । उहाँका छाेरा एमाले युवा नेता दिपक घिमिरेले भने केहीदिनअघि मात्र एमाले परित्याग गरिसक्नुभएकाे छ ।

























