एमालेमा चुनावका मुखैमा धक्कै धक्का : एमाले नेता डिल्लीराम घिमिरेद्वारा एमाले परित्याग

१० बजे पत्रकार सम्मेलन

A notice in Nepali from Mechinagar Ward No. 10

२९ चैत, काँकडभिट्टा : नेकपा एमालेका सबै जिम्मेवारीबाट बिदा लिएर मंगलवारबाट स्वतन्त्र जीवन जिउने घोषणा गर्नुभएका नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुभएको छ । उहाँ तात्कालिन काँकडभिट्टा गाविसका अध्यक्ष समेत रहनुभएका नेता घिमिरे निर्वाचन क्षेत्र नम्वर १ झापा, नेकपा एमालेको संयोजक समेत रहनु भएको छ ।

भर्खरै नेपाली काँग्रेस प्रवेश गर्नु भएका पत्रकार मुक्ति पौंडेल
एमाले परित्याग गर्नुभएका एमाले युवा नेता दिपक घिमिरे

केही घण्टा अघि मात्र नेकपा एमालेका सबै जिम्मेवारीबाट बिदा लिएर मंगलवारबाट स्वतन्त्र जीवन जिउने घोषणा गर्नुभएको थियो । उहाँको पोस्टमा पार्टी परित्याग गरे नगरेको स्पष्ट नभए पछि हामीले उहाँसँग सम्पर्क गरेका थियौ । हामीसँगको सम्पर्कमा उहाँले यस्तो बताउनुभएको हो ।

मेरो मेचीनगर डट कम न्युज पोर्टलसँग टेलिफोनमा कुराकानी गर्दै नेता घिमिरेले एमाले छाडेको जानकारी गराउनुभयो । हामीसँगको टेलिफोन सम्पर्कमा उहाँले अन्य कुनै पार्टीमा प्रवेश गर्ने कि नगर्ने भन्ने विषयको निष्कर्षमा नपुगेको र मंगलबार बिहान १० बजे काँकरभिट्टामा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

एमाले परित्याग गर्नुभएका एमाले कार्यकर्ता प्रकाश खड्का

एमाले उच्च स्रोतका अनुसार उहाँले नेकपा एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेशको तयारीमा रहनुभएको छ । तर, नेता घिमिरेले यस विषयमा केही बताउन चाहानु भएन । पार्टी परिवर्तन गरेर घिमिरेले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्वारी दिने तयारी भएको स्रोतको दाबी छ । नेता घिमिरेले घिमिरेले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको प्रमुख पदमा इच्छा व्यक्त गर्नुभयो । उहाँ पार्टीको आन्तरिक चुनावमै पराजित भए पछि नाम सिफारिस भएन । त्यस लग्तै उहाँले असन्तुष्ट जनाउँदै सामाजिक सञ्चालमार्फत आफ्नो विचार सार्वजनिक गर्नुभएको थियो । यसअघि प्रकाश खड्का, दिपक घिमिरे, मुक्ती पौडेल लगायतले समेत नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुसक्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.