एमाले नेता डिल्लीराम घिमिरेले गर्नुभयो पत्रकार सम्मेलन : पार्टीभित्र चरम गुटबन्दी भएको आरोप

A notice in Nepali from Mechinagar Ward No. 10

२९ चैत, काँकरभिट्टा : नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् निर्वाचन क्षेत्र नम्वर १ झापा, नेकपा एमालेका क्षेत्रीय संयोजक डिल्लीराम घिमिरेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी नेता घिमिरेले घोषणा गर्नुभएको हो । २०४० सालदेखि नेपाली कम्यूनिष्ट आन्दोलनमा सहभागी नेता घिमिरेले ३८ वर्षसम्मको कम्यूनिष्ट पार्टी भित्रको योगदानलाई आजैबाट पूर्ण विराम गरेर स्वतन्त्र जीवन विताउने पत्रकार सम्मेलनमा बताउनुभयो । नेता घिमिरेले पार्टीमा इममान्दारीपूर्वक आफ्नो पार्टी, श्रमजीविवर्गको मुक्ति र सामाजिक राजनैतिक परिवर्तनको अभियानमा क्रियाशील हुँदैं २०४९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट काँकरभिट्टा गाविसको अध्यक्ष रहेर जनताको भावना अनुसार कार्य सम्पादन गर्नुभएको थियो ।

पछिल्लो समय पार्टीभित्र चलेको अग्रगमन र प्रतिगमनबीचको अन्तर संघर्षमा पनि आफ्नो विवेक क्षमताले भ्याएसम्म अग्रगमनको पक्षमा रहेर पार्टीभित्र देखिएको विकृतिविसंगति विरुद्घ सघर्ष गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

अहिले पार्टीभित्र राजनीतिक उपलब्धिहरु गणतन्त्र, संघीयता, समावेशीता लगायत उपलब्धिहरुलाई संस्थागत गर्नुको सट्टा पार्टीभित्र चरम गुटबन्दी र दक्षिणपन्थी अवसरबाद हाबी हुँदै गएको र राजनीतिक उपलब्धिहरुलाई समाप्त पार्नको निमित्त योजनावद्घढंगले लागि परेको पछिल्लो घटनाक्रमले स्पष्ट पारेको नेता घिमिरेले दाबी गर्नुभयो । यसलाई अन्तरसंघर्ष मार्फत रुपान्तरण गर्न सक्ने सम्भावना क्षण बन्दैं गएको निष्कर्षका साथ त्यही पार्टीमा रहेर श्रमजीवि र सर्वहारावर्गलाई धोका दिन आफ्नो अन्तरमनले नमानेका कारण पार्टी परित्याग गरेर नेकपा एमालेका सबै जिम्मेवारीबाट मुक्त भएर स्वतन्त्र नागरिकको रुपमा रहने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.