काँकरभिट्टा क्याम्पस पूर्व विद्यार्थी समाज गठन : संयोजकमा ढकाल

A notice in Nepali from Mechinagar Ward No. 10

२९ चैत, काँकरभिट्टा : काँकरभिट्टा बहुमखी क्याम्पसमा अध्ययान गरेका पूर्व विद्यार्थीहरुको भेलाले केदार ढकालको संयोजकत्वमा ११ सदस्यीय तदर्स समिति गठन गरेको छ ।

क्याम्पसको इतिहासका साक्षीका रुपमा रहेका पूर्व विद्यार्थीहरुलाई एक अर्कामा परिचति गराउने र क्याम्पसको विभिन्न क्षेत्रमा स्तर उन्नती गराउने लक्ष्यका साथ पूर्व विद्यार्थी समाज गठन गरिएको हो ।

मंगलबार क्याम्पसमा भएको पूर्व विद्यार्थीहरुको भेलाले क्याम्पसका दोस्रो व्याच (२०५७) का विद्यार्थी ढकालसहित सदस्य सचिवमा अरुणकुमार प्रधान, सदस्यहरुमा देबु बानियाँ, नवराज उप्रेती, मनिष कोइराला, रबि पौडेल, सन्तोष खवास, गोपाल चुँडाल, शुसिला सिवाकोटी, रुपक पराजुली, दिप शाह सदस्य रहने गरी तदर्स समिति गठन गरिएको थियो । यसैगरी सल्लाहकार सदस्यमा राजु कार्की, अमित पोद्यार र राजकुमार पराजुलीलाई चयन गरिएको छ । तदर्स समितिले केही दिन भित्रमा पूर्व विद्यार्थीको बृहत भेला गरी पूर्व विद्यार्थी समाज गठन गर्नेछ । २०५६ सालमा स्थापना भएको यो क्याम्पसमा हाल स्नातक तहको वि.वि.एस. र वि.एड. कार्यक्रम सञ्चालित रहेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पसको विगतदेखि हालको सम्मको अवस्था र पूर्व विद्यार्थी गठन प्रक्रियाका विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख बासु कोइराला, शिक्षा संकाय प्रमुख हेमकुमार खड्का, व्यवस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेल, अतिरिक्त क्रियाकलाप विभागका प्रमुख लम्बोधर पौडेल, सहायक प्राध्यापकहरु मणिकुमार लिम्बू, जमुना ढुङ्गाना, युवराज दाहाल, आइसिटी विभागका प्रमुख  सुजन प्रधान , लेखा अधिकृत विष्णु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.