भुयुसिन्ह जात्रामा रंगियो मध्यपुर थिमि

A notice in Nepali from Mechinagar Ward No. 10

२ चैत्र, काठमाडौँ : भक्तपुरको मध्यपुरथिमीमा शुक्रबार हर्षोल्लासका साथ भुयुसिन्ह जात्रा मनाइएको छ।

विस्केट जात्राभित्रैकै एक जात्राका रूपमा मनाइने यस जात्राका अवसरमा शुक्रबार बिहानै बालकुमारी र कालिका (बालाखु) को खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

३२ खटसहितको भुयुसिन्ह जात्रा थिमीमा मनाइने गरिएको छ। थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका प्रतिनिधित्वका रूपमा ३२ वटा खट बोकेर टोलटोलमा सिन्दुर खेल्दै घुमेर सिन्दुर जात्रा मनाउने गरिन्छ ।

प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने, सिन्दुर दलेर छर्केर आपसमा रमाइलो गरी यो जात्रा मनाउने प्रचलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.