नेपालका ९९ प्रतिशत मानिसले सहकारीलाई पैसा किन्ने र बेच्ने व्यवसायकारुपमा मात्र बुझ्ने गरेको सहकारी प्रमुख खत्रीको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

२ बैशाख, मेचीनगर : १ नम्बर प्रदेश सरकार सहकारी राजिष्ट्रार कार्यालयका सहकारी विभाग प्रमुख हरिबहादुर खत्रीले नेपालका ९९ प्रतिशत मानिसले सहकारीलाई पैसा किन्ने र बेच्ने व्यवसायकारुपमा मात्र बुझेको बताउनुभएको छ ।

शुक्रबार नेपाल बहुउद्घेश्यीय सहकारी संस्था लि एनएमसीको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योगको सातौं वार्षिकोत्सव तथा ‘एनएमसी डेरी सफलताको कथा पुस्तक विमोचन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथ समेत रहनु भएका खत्रीले सहकारीको नाम र साईनबोर्ड झुन्ड््याउन पाए भने मात्र त्यसका सञ्चालकहरुले सहकारीलाई पैसा छाप्ने मेसिनका रुपमा बुझ्ने र धेरै सञ्चालकहरु यसकै पनि लागेको गरेको प्रष्ट पार्नुभयो ।

सहकारी सञ्चालनका लागि प्राप्त गरेको लाइसेन्सलाई धेरैले पैसा छाप्ने मेसिन वा पैसा फल्ने बोटका रुपमा समेत बुझेको उहाँले टिप्पणी गर्नुभयो । सहकारी संस्थालाई पैसा किन्ने र बेच्ने व्यवसायकारुपमा मात्र हेर्न नहुने भन्दैं खत्रीले अन्य व्यवसाय र उद्घमसँग जोड्नुपर्ने बताउनुभयो । सहकारीहरुले पैसा बेच्ने र पैसा किन्ने मात्र गरीरहेको अवस्थामा एनएमसीले जुन तरिकाले सहकारीसँगसँगै कृषिमा हात हालेको छ, त्यो राम्रो पक्ष रहेको भन्दैं प्रशंसा गर्नुभयो ।

उहाँले संस्थाका कर्मचारीहरु सहकारीको प्रमुख मेरुदण्ड र भरपर्दाे खम्बा भएको बताउनुभयो । हरेक सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुमा व्यवसायिक इमानदारिता र पारदर्शिता हुन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले हरेक व्यवसायमा विचौलियाहरु हावी रहेको र सहकारीहरुमा पनि हुने भन्दै त्यसलाई हटाउन सहकारीकर्मीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार सहकारीमा विभिन्न किसिमका व्यक्तिहरुको प्रवेश छ । ती व्यक्तिहरु नोट, भोट, चोट र सहकारीका लागि सहकारी भन्ने उद्देश्यले काम गरिरहेको उहाँको बुझाई छ ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरी संस्थाका लागि निक्कै चुनौतिको विषय रहेको बताउनुभयो । डेरी सफल नभएको भए कृषि लगायत अन्य क्षेत्रमा हात हाल्न समस्या हुने उहाँको बुझाई थियो । त्यसकारण पनि डेरीलाई सफल बनाउनुको विकल्प नभएको उहाँको भनाई छ ।

सोहि अवसरमा प्रमुख अतिथि खत्रीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले लेख्नुभएको संस्थाले प्रकाशन गरेको ‘एनएमसी डेरी सफलताको कथा” पुस्तक विमोचन गर्नुभयो । पुस्तकको समिक्षा नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य मोहन काजी र संस्थाका सञ्चालक समिति सदस्य कमल गुरागाईले गर्नुभएको थियो । मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

एनएमसीका वरिष्ठ उपाध्यक्ष एवम् एनएमसी डेरी व्यवसाय संयोजक नारायणप्रसाद कोइरालाको सभापतित्व तथा डेरीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । बजारमा बिव्रmेताको सङ्ख्या बढेको छ । हाल ५ सय बिव्रmेता रहेको झापा, मोरङ र सुनसरीको सबै मुख्य बजारमा एनएमसी डेरीको उपस्थिति रहेको प्रतिवेदनमा उल्लेख छ । हाल डेरी उद्योग करिब ५ हजार किसान परिवारसँग जोडिन पुगेको छ । उद्योगले दैनिक १५– १६ हजार लिटर दुध खपत गर्न थालेको छ ।

सुरुवाति दिनमा चिस्यान केन्द्र स्थापना गर्न र किसानलाई चिस्यान केन्द्र वा दुध सङ्कलन केन्द्रसम्म दुध आपैmँ लिएर जाने बानी लगाउन धेरै मिहिनेत गर्नुपरेको र हाल शरणामती, बौद्धमोड, नमुना कृषि फर्म र उद्योग परिसर भित्र गरि ४ ओटा उद्योगका आफ्नै दुध चिस्यान केन्द्रहरू सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । एनएमसी डेरी उपसमितिका सदस्य नारायण वस्नेतले स्वागत तथा सञ्चालन डेरीका प्रशासकीय प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.