युएसएआइडीबाट प्राप्त ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारकाे निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२ वैशाख, काठमाडौँ : नेपाल सरकारले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट प्राप्त हुने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ।

गत बुधबार (चैत ३०) गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।

त्यसैगरी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको सहयोग ऋण पनि स्वीकार गर्ने निर्णय भएको उनले जानकारी दिए।

त्यसैगरी फुटकोर्ट कर्णाली अर्धजलाशययुक्त आयोजनाका लागि कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २०० रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने, सशस्त्र प्रहरी आइजिपीमा एआइजी पुष्पराम केसीलाई नियुक्त गर्ने, मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायतका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिए।

सिरहाको कर्जन्हा नगरपालिकालाई प्रशासकीय भवनका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने, राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष श्री रामआधार कापरले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको उनले बताए।

प्रवक्ता कार्कीले सातामा दुई दिन बिदा दिने प्रस्ताव भने छलफलकै क्रममा रहेको र कुनै निर्णय नभएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.