३ वैशाख, मेचीनगर : लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाकाे काँकरभिट्टामा जारी प्रथम रसोइ झापा सुपर लिग अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा सनराइज काँकरभिट्टालाई ७ विकेटले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
काँकरभिट्टा माविको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताकाे उद्घाटन खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको सनराइज काँकरभिट्टाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अतिरिक्त १७ रनसहित १५१ रन बनाउन सफल भएको थियोे ।
फिरोद अन्सारीको कप्तानिमा रहेको सनराइज काँकरभिट्टाका लागि राष्ट्रिय खेलाडी पवन सरार्फले ४ चाैका र ४ छक्काकाे मद्दतमा ४३ बलमा ५४ रन बनाउँदै विवेक यादवको बलमा क्याच आउट हुन पुगे भने सन्दिप ढुंगाना पहिलो बलमै क्याच आउट भएका थिए।
सनराइजका लागि सचिन श्रेष्ठले १५ बलमा ८ रन बनाउँदै स्टम्प आउट हुन पुगेका थिए भने किस्मत पौडेल पहिलो बलमै क्याच आउट भएका थिए। सनराइजका लागि सुभांकर उराउले १२ बलमा १६ रन , कप्तान फिरोद अन्सारीले ९ बलमा ८ रन , भुपाल दंगालले १६ बलमा १९ रन , बिराट डाँगी १ बलमा ० रन तथा विकेटकिपर ब्याट्सम्यान प्रनिश विमलिले ५ चाैका सहित २३ बलमा २५ रन बनाउँदै नटआउट रहे ।
यता बलिङतर्फ विराट वारियर्सका लागि विवेक यादव, सुमित न्यौपाने र सिद्धान्त लोहनीले समान २- २ विकेट हात पारे भने अभ्यास तिम्सिना र विपिन महतोले समान १-१ विकेट लिएका थिए।
यता १५२ रनको विजयी लक्ष्य पछ्याएकाे विराट वारियर्सले मात्रै ३ विकेट गुमाउँदै १६.४ ओभरमा विजयी लक्ष्य पूरा गर्याे । अंकित सुवेदीको कप्तानिमा मैदान उत्रिएको विराट वारियर्सकाे जितका लागि सोनु अन्सारीले ६ चाैका र ४ छक्काकाे मद्दतमा ३३ बलमा सर्वाधिक ५४ रन बनाउँदै आउट हुन पुगे । वारियर्सका लागि अनिल लामिछानेले ३० बलमा ४० रन बनाउँदै क्याच आउट भएका थिए भनेलअंकित सुवेदीले १५ बलमा १५ रन बनाएर रनआउट हुन पुगेका थिए। त्यस्तै सिद्धान्त लोहनीले १६ बलमा अविजित ३३ रन बनाए भने विवेक यादब ४ वलमा १ रन खेल्दै अविजित रहे।
यता बलिङतर्फ सनराइजका लागि विराट डाँगी र सुभांकर उराउले समान १-१ विकेट लिए भने अन्य बलरले कुनै विकेट हात पार्न सकेनन् । खेलकाे प्लेयर अफ द म्याच विराट वारियर्सका सोनु अन्सारी घोषित हुँदै नगद रु ३००० र ट्रफी प्राप्त गरेका थिए।
प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुनेछन् ,। पहिलो खेलमा बिहान ९ बजे धुलाबारी टाइगर र बोस्टन ब्लास्टर्स बीच हुनेछ भनेछ दोस्रो खेल दिनको १ बजे भद्रपुर राइजिङ किङ र सनराइज काँकरभिट्टा बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु। १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।
प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ३ हजार प्राप्त गर्नेछन् ।

























