सत्ता गठबन्धनले भागबण्डा भोलि मात्रै टुंग्याउने

A notice in Nepali from Mechinagar Ward No. 10

३ वैशाख, काठमाडौँ : पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको लागि भागबण्डा भोलि मात्रै टुंग्याउने भएको छ। बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने निर्णय गरेको हो।

बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनाइसकेको छ। बैठकमा तल्लो तहबाट आएको प्रतिवेदनको आधारमा भागबण्डाको सहमति हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.