पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान

A notice in Nepali from Mechinagar Ward No. 10

४ वैशाख, काठमाडौँ : अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।

अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् ।

प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आसमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् ।

तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् । शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले पीडित उनकै बयानलाई आधार मानेको थियो ।

‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको थियो ।

जिल्ला अदालत, तनहुँमा आइतबार साँझसम्म पनि जाहेरीकर्ता र पीडितको बकपत्र लिने क्रम चलिरहेको छ । ‘आइतबार पीडितको बकपत्र भयो, यसमा उनलाई प्रलोभन दिइएको देखिएको छ’ अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘उनको अहिलेको बयानलाई मात्र अन्तिम सत्य मान्नु हुँदैन, अदालतले पीडितलाई कसरी संरक्षण गर्छ भन्ने त्यो ठूलो कुरा हो ।’

उनले बलात्कारका थुप्रै घटनामा नाबालिका होस्टाइल भएको धेरै उदाहरणहरु रहेको बताउँदै भनिन्, ‘पीडितको मनोवैज्ञानिक पक्षसँग खेलबाड गरेर वा विभिन्न सपना देखाएर होस्टाइल बनाउने प्रयास हुन्छ, यस्तो कुरालाई अदालतले पनि विचार पुर्‍याउँछ ।’

पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, उनले दिएको भिडियो बयान जस्तो कुरालाई पनि अदालतले आधार बनाउने हुँदा उनको बयान फेरिँदैमा मुद्दामा धेरै असर नहुने उनी बताउँछिन् ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.