Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने : मन्त्री योगेश भट्टराई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 6, 2020
  • 8:41 AM
  • No Comments
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
189 2
A A
Share on FacebookShare on Twitter

भैरहवा, मङ्सिर २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताउनुभएको छ ।
विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै हातखुट्टा छोडिसकेको यो विमानस्थल फेरि उठेर पहिले सम्पन्न हुने गौरवको आयोजना बन्न लागेको उहाँले बताउनुभयो ।

विमानस्थल आयोजनाका अनुसार अहिलेसम्म निर्माणको ९३ प्रतिशत काम सकिइसकेको छ । अब पाँच प्रतिशत उपकरण जडान र दुई प्रतिशत लाइट फिनिसिङका काम मात्र बाँकी छन् । चिनियाँ ३५ र थाई ३० जना प्राविधिक कोभिड–१९ का कारण आउन नसक्दा प्रभावित भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ ।
विमानस्थल निर्माणको अन्तिम म्याद सकिन २५ दिन मात्र बाँकी रहँदा मन्त्री भट्टराईले ती दिनलाई भरपुर सदुपयोग गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन दिनुभयो । चिनियाँ प्राविधिकहरू छिट्टै आउने टुङ्गो लागेको जनाउँदै उहाँले थाई प्राविधिकहरू पनि चाँडै आउने आशा व्यक्त गर्नुभयो ।
कोभिडका कारण आउन नमानेका थाई प्राविधिकहरूलाई ल्याउन अनेक प्रयास भइरहेको जानकारी गराउँदै उहाँले अब पनि नआए वा आउन नसके सरकारले अर्को विकल्प खोजेरै भए पनि काम अघि बढाउने जानकारी गराउनुभयो । त्यसका लागि उपल्लोस्तरमा छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।

अब पनि अल्झिन नहुने भन्दै मन्त्री भट्टराईले समय थपको औचित्य पुष्टि गर्न २५ दिनको गृहकार्य दिन्छु भन्नुभयो । विगतमा अगाडि बढ्न सक्दैन कि भन्ने अवस्थामा पुगेको विमानस्थलको निर्माण आफूले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेयता उत्साहजनक गतिमा बढेको भन्दै उहाँले कामको रफ्तार बढाउने आयोजनाका सबै प्रशंसाको पात्र भएको बताउनुभयो ।

उहाँले थुप्रै देशका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले गौतमबुद्ध विमानस्थलमा उडानका लागि चासो देखाएको समेत जानकारी दिनुभयो ।
विमानस्थल निर्माणको हालसम्मको प्रगतिबारे जानकारी गराउँदै आयोजनाका प्रमुख अधिकारीले कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण विदेशी प्राविधिक जनशक्ति आउन तयार नभएकाले केही समस्या भए पनि बाँकी काम तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभयो । उहाँले बन्दाबन्दी र कोभिडको त्रासबीच पनि स्वदेशी प्राविधिक र कामदारहरूबाट सम्भव हुने सबै काम गरिएको बताउनुभयो ।
आफ्नो देशको नयाँ वर्ष मनाउन गएका तर कोभिडका कारण उतै रोकिएका चिनियाँ प्राविधिकले कोभिड विरुद्धको पहिलो खोप लगाइसकेको र खोपको कोटा पूरा गरेलगत्तै यहाँ आउने टुङ्गो लागेको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव यादव कोइरालाले आयोजना सम्झौता अनुसार काम अगाडि बढाउनुपर्ने बताउँदै विदेशी प्राविधिकहरू ल्याउन कूटनीतिक पहल जरुरी भए त्यस्तो पहल गर्ने स्पष्ट पार्नुभयो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल चैत्र १५ गते बुधबार)

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

नेपालमा कोरोना भ्याक्सिन १५ वर्षमाथिकालाई मात्र दिइने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In