राजस्व छलीमा २१ करोडको मुद्दा दायर

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, काठमाडौँ : राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध २१ करोड रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

मूल्य अभिवृद्धि करतर्फ नौ करोड ९६ लाख ८८ हजार, आयकरतर्फ आठ करोड २७ लाख ४५ हजार र अन्य दुई करोड ७८ लाख समेत गरी जम्मा हुन आउने कुल बिगो २१ करोड दुई लाख ३८ हजार बिगो कायम गरी उक्त बिगोको सतप्रतिशत जरिवानाको माग दाबी गरिएको छ। विभागले रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, श्यामबहादुर श्रेष्ठ, मनोज साह कलवार र विष्णुप्रसाद घिमिरेविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौं ल्याई विना विल बिजक बिक्री गरी राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो।

विभागका अनुसार जिल्ला पर्सा, साविक बगही गाउँविकास समिति वडा नम्बर ९, हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ ठेगाना भएका, रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल नगरपालिका वडा नं ४ काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएका ना. ७ ख १६७ नम्बरको ट्रकका धनी तथा चालक, वर्ष ३१ का श्यामवहादुर श्रेष्ठ रहेका छन्।

वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका, विष्णु एण्ड विकेश सप्लायर्सको कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ताको काठमाडौं कारोबार हेर्ने कर्मचारी मनोज साह कलवार, गुल्मी वाग्ला ७ स्थायी ठेगाना भएका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर विष्णुप्रसाद घिमिरे, हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने विमला इन्टरनेसनलको सम्पूर्ण कारोबार गर्ने भारतीय नागरिक अमितकुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.