सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, काठमाडौँ : सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ ।

स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो । कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरु भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.