५ वैशाख, मेचीनगर : काँकरभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा धुलाबारी टाइगर्सलाई १८ रनले पराजित गर्दै विराट वारियर्सले जित हात पारेको छ । यसैगरी दोस्रो खेलमा बोस्टन ब्लास्टर्स विरुद्ध सनराइज काँकरभिट्टाले ६ विकेटको जित निकालेको छ ।
लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको विराटले सानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको थियोे । यो प्रतियोगिताको सबैभन्दा उच्च स्कोर पनि हो ।
विराटका लागि विवेक यादवले सर्वाधिक ८१ रन बनाउन सफल भए । उनले ८ छक्का र ३ चौकाको मद्दतमा ३५ बल खेल्दै ८१ रन बनाएका हुन्,। त्यस्तै कप्तान अंकित सुवेदीले २३ बलमा ४७ रन, सोनु अन्सारीले २० बलमा २५ रन, सिद्धान्त लोहनी २२ बलमा २९ रन, अनिस लुइँटेल १५ बलमा १७ रन, अर्जुन दाहाल २ बलमा शून्य रन र अनिल लामिछाने ४ बलमा १ रन बनाउँदै आउट भएका थिए ।
बलिङतर्फ धुलाबारीका राज थापाले ४ ओभरमा ५३ रन खर्चँदै २ विकेट लिए भने, गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ , र दिपेश कडेलले समान १–१ विकेट लिएका थिए । प्रवेश कामती र मुकुन्द यादव विकेट बिहिन रहे ।
प्रतियोगिताकै उच्च २१० रनको लक्ष्य पछ्याउने क्रममा धुलाबारीका लागि गुलसन झाले सर्वाधिक ४९ रन बनाएका थिए । उनले ५ छक्का र २ चौकाको मद्दतले २४ बलमा ४९ रन बनाएका हुन्,। उनी अर्धसतक बनाउन १ रनले चुके । विवेक यादवको बलमा उनी अनिल लामिछानेको हातबाट क्याच आउट हुन पुगे । धुलाबारीका लागि डम्बर विष्टले १५ बलमा १७ रन, विवेक बुढाथोकीले १५ बलमा १८ रन, शिव राजवंशीले ६ बलमा ३ रन, सुजन थपलियाले १४ बलमा २३ रन, मुकुन्द यादवले १७ बलमा २७ रन, भुपेस गौतम २ बलमा शून्य रन, राज थापा ११ बलमा १८ रन, दिपेश कडेल ३ बलमा ५ रन बनाउँदै आउट भएभने ज्ञानेन्द्र श्रेष्ठ २ बलमा शून्य रन र प्रवेश कामती १० बलमा १७ रन बनाउँदै अविजित रहे ।
खेलको प्लेयर अफ द म्याच विवेक यादव घोषित भए । उनले नगद ३००० प्राप्त गरे ।
दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टन ब्लास्टर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९० रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि नेपाली क्रिकेट टोलीका मुख्य खेलाडी करण केसीले अविजित ७६ रन प्रहार गरेका थिए । उनले २९ बलमा ८ छक्का र २ चौकाको मद्दतमा ७६ रन बनाएका हुन्,। बोस्टनका लागि विधान गोस्वामी २० बलमा ३२ रन, विवेक चिमोरिया १३ बलमा १३ रन, मिनास थापा ५ बलमा ३ रन , दिपु भुजेल ३५ बलमा ३९ रन र समीर कार्की १८ बलमा १८ रन बनाउन सफल भए ।
बलिङतर्फ काँकरभिट्टाका लागि फिर्दाेस अन्सारीले २ तथा सुभांकर उराउ र कमल खत्रीले समान १–१ विकेट लिए भने अन्य बलरले विकेट लिन सकेनन् ।
१९१ रनको लक्ष्य पछ्याउने क्रममा काँकरभिट्टाका लागि सन्दिप ढुंगानाले सर्वाधिक ७८ रन प्रहार गरे। उनले ६ छक्का र ७ चौकाको मद्दतले ७८ रन बनाएका हुन्,। काँकरभिट्टाका लागि भुपाल दंगालले ३१ बलमा २८ रन, पवन सरार्फ ९ बलमा १७ रन फिर्दाेश अन्सारी २७ बलमा २८ रन बनाउँदै आउट भए भने सुभांकर उराउ १६ बलमा २१ रन तथा विराट डाँगी १ बलमा १ रन खेल्दै अविजित रहँदै टिमलाई जित दिलाउन सफल भए ।
बलिङतर्फ बोस्टनका लागि राहुल पाठक र विधान गोस्वामीले समान २–२ विकेट लिए भने अन्य बलरहरु विकेट बिहिन रहे । खेलको म्यान् अफ द म्याच काँकरभिट्टाका सन्दिप ढुंगाना घोषित भए । उनले नगद रु ३००० प्राप्त गरे। प्रतियोगिता अन्तर्गत भोलि बिहान पहिलो खेल भद्रपुर र धुलाबारी बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेबाट बोस्टन र विराट वारियर्स बीच हुने छ ।

























