‘स्थानीय निर्वाचन पत्रकारको विवेक र बौद्धिकता परीक्षणको घडी’

A notice in Nepali from Mechinagar Ward No. 10

६ वैशाख, दमक : नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त आयोजनामा मंगलबार दमकमा ‘स्थानीय तह निर्वाचन २०७९ : मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले स्थानीय निर्वाचन पत्रकारको विवेक र बौद्धिकता परीक्षणको घडी भएकाले संवेदनशील हुन आग्रह गरे । उनले निर्वाचन निष्पक्ष, विश्वसनीय बनाउनका लागि सञ्चार क्षेत्रको भूमिका अग्रणी रहने बताए । उम्मेद्वार तथा राजनीतिक दलबाट हुने निर्वाचन आचारसंहिताका घटनालाई निरुत्साहित गर्न पत्रकार र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको जोड थियो ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले पत्रकारहरु दलको पक्ष–विपक्षमा लाग्न नहुने बताए । प्रजिअ रिजालले आचारसंहिताको पालनाले निर्वाचनलाई मितव्ययी बनाउने भन्दै त्यसको खबरदारी गर्न मिडियालाई आग्रह गरे ।
निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्ष बनाउन सबै क्षेत्रको योगदान महत्वपूर्ण हुने बताए । उनले मतदान केन्द्रहरुलाई अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बनाइने समेत बताए । नेपालले जिल्लामा निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका थिए ।
अन्तरक्रियाको विषय माथि पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेले प्रकाश पारेका थिए । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
छलफलमा पत्रकारहरु विष्णु पौडेल, युवराज विवश, नगेन्द्रमणि न्यौपाने, जीवन चुडाल, शान नेपाल, विष्णु पोखरेल, लीला अनमोल, आत्मराम राजवंशी, गञ्जबहादुर दाहाल, चिरञ्जीवी घिमिरे, पुष्प राज तथा संवाद समूहकी लीला शिवाकोटी लगायतले विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य विष्णु सुब्बाले पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्ना माता पिताको स्मृतिमा १५५५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.