Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

चारमहिनामा ६६ लाख रुपैँयाबढीका अवैध सामान पक्राउ

लागूऔषसहित चारजना प्रहरीको नियन्त्रणमा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 6, 2020
  • 4:49 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, राष्ट्रिय, स्थानीय समाचार
0 0
A A
0
सेयर
44
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २१ मंसिर । नोवल कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रण र रोकथाकमा लागि सरकारले भारतसँगको बोर्डर सिल गरेको छ । आवगमनका लागि तोकिएका नाकाबाहेक अन्यत्रबाट मानिसलाई आवतजावत गर्न रोक लगाईएको छ ।
तर, पनि खुला सिमानाको फाईदा उठाएर व्यपारीहरुले आसपासका नाका प्रयोग गदैं अवैधरुपमा धन्दा चलाईरहेका छन् । उनीहरुले विहान साँझपख अवैध रुपमा सामान निकासी पैठारी गरिरहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा जिल्लाका विभिन्न नाका हुदैं अवैधरुपमा आयात निर्यात गर्दैगर्दाको अवस्थामा ६६ लाख ८२ हजार ८ सय ४० रुपैयाँका मालवस्तु पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईले सो अवधिमा सशस्त्र प्रहरी टोलीले लत्ताकपडा, मोटर, मोवायलका पार्टस, जुत्ता चप्पल, मटर, सुर्ती, छोकडा, किराना सामानसहित अन्य खाद्य सामग्रीलगायतका मालसामान पक्राउ गरिएको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको १० वटा काम कर्तव्यमध्ये सीमा क्षेत्रमा हुने अवैध चोरी, निकासी पैठारी रोकथाम तथा नियन्त्रण गर्ने जिम्मेवारी पनि हो । बोर्डर सील हुँदा पनि तस्करी हुने गरेका कारण यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी चौवीसै घण्टा सक्रिय रहेको उहाँको भनाई छ ।

लागुपदार्थ, जडिबुटी , बन पैदवार तथा बन सम्पदा, बन्यजन्तुका आखेटोपहार लगायत प्रचलित कानुनले अवैध ठहर्याएका बस्तुहरुको आयात निर्यातमा रोक लगाउन सहयोग पुर्याउनु पनि सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको काम कर्तव्यमा पर्दछ । यसै अन्तर्गत सो अवधिमा सशस्त्र प्रहरीले फेनारगन, लुपिजेसिज र डाइजीपाम ७२ एम्वुलसहित दुईजना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको वीओपी पति सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो ।

९ सय ६ ग्राम ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई समेत सोहि अवधिमा नियन्त्रण गरी आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाईएको उहाँले जानकारी दिनुभयो । अहिले सवैको ध्यान नोवल कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रण र रोकथाममा केन्द्रित रहेका बखत अन्य अवैध गतिविधि नहुन भन्ने उद्घेश्यले सशस्त्र प्रहरीले सीमाक्षेत्रमा निक्कै सुरक्षा सतर्कता अप्नाएको उहाँको भनाई छ ।

सीमा अतिक्रमण रोक्ने तथा सीमा इलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था बारे अनुगमन र निरीक्षण गरी मासिकरुपमा मजकुर गण, बाहिनी तथा प्रधान कार्यालयमा जाहेर गर्ने काम सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको पहिलो प्राथमिकतामा पर्दछ । त्यसका लागि भारतीय सीमाक्षेत्रका आफ्ना समकक्षीहरुसँग बेला बखत छलफल, बैठक र संयुक्तरुपमा सीमा स्तम्भहरुको अवस्था बारे अनुगमन र निरीक्षण गर्ने गरिएको छ ।

सीमावर्ती क्षेत्रमा जनतालाई शान्ति सुरक्षाको प्रतयाभुति दिलाउन नियमित पेट्रोलिङ गरी प्रतिकूल कार्य हुन नदिने, सीमाक्षेत्रमा हुने वा हुन सक्ने विभिन्न आपराधिक क्रियाकलापहरु टिविसी को रोकथाम तथा नियन्त्रण गर्ने, चेलिबेटी बेचबिखन, जीउमासने बेच्ने तथा अपहरण गरी बन्धक बनाउने जस्ता आपराधिक कार्य नियन्त्रणको लागि स्थानीय तहहरुलाई सहयोग पर्याउने, अवैधरुपमा घुसपैठ गर्ने वा गैरकानुनी रुपमा बसोबास गर्ने व्यक्तिहरुको पहिचान गरी त्यस्तो कार्य नियन्यण गर्ने, सीमाक्षेत्रबाट आवत जावत गर्ने विदेशी नागरिकहरुको सम्बन्धमा अध्यगमन कार्यालयसँग अभिलेख माग गरि अद्यावधिक राख्ने, अध्यगमन कार्यालयले सहयोग मागेमा आवश्यक सहयोग गर्ने, आफ्नो जिम्मेवारक्षेत्रमा हुने प्राकृतिक प्रकोप,आगलागी जस्ता घटनामा उद्धारगर्ने कार्य र विभिन्न संगठित तथा जधन्य अपराधको रोकथाम गर्ने, अवैध हातहतियार, गोली गठ्ठा, विष्फोटक पदार्थ जस्ता अति सम्वेदनशील बस्तुहरुको निकासी पैठारी नियन्त्रण गर्नेलगायतका काम सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको काम कर्तव्यमा पर्ने गरेको पोस्टले जनाएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक
अर्थ / वाणिज्य

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक

July 7, 2022
यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका
अन्तर्राष्ट्रिय

यस्तो छ नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका

July 7, 2022
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा
अर्थ / वाणिज्य

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा

July 7, 2022
निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन
कानून / अपराध

निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

July 6, 2022
भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु
अन्तर्राष्ट्रिय

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु

July 6, 2022
प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, उडान नियमित
अर्थ / वाणिज्य

हवाई भाडा बृद्धि

July 6, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्रनीति सार्वजनिक

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In