प्रधानमन्त्री देउवासँग डब्लुएचओ प्रमुख टेड्रोसको भेटवार्ता

A notice in Nepali from Mechinagar Ward No. 10

९ वैशाख, काठमाठौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुईजनाबीच भेटवार्ता भएको छ।

तीनदिने भ्रमणमा आएका महानिर्देशक डा. टेड्रोसले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन्। उनी यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.