मेयरमा चुनाव लड्न मन्त्रीको राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

९ वैशाख, जनकपुरधाम : मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पदबाट राजीनामा दिन लागेका छन्।

नेकपा एकीकृत समाजवादीका तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन उनले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन्।

एकीकृत समाजवादीले सिरहा नगरपालिकाको नगरप्रमुखका लागि उनको एकल नाम सिफारिस गरेपछि उनी उक्त पदमा लड्न राजी भएका हुन्। यादवले आजै राजीनामा बुझाउन लागेको बताएका छन्।

उनले भने, ‘पार्टीले मलाई नगरप्रमुखमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्दै छु।’

मन्त्री यादवले सिरहा नगरपालिकाका जनताको चाहना पनि प्रमोद यादव मेयरमा आओस् भन्ने रहेको र यस विषयमा आफूले त्यहाँका मतदातासँग पनि संवाद गरेको बताएका छन्।

सबैले नगरपालिकाको नेतृत्व सम्हाल्न भनिरहेकाले आफू यस्तो निर्णयमा पुग्न बाध्य भएको यादवले जानकारी दिए।

सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्न सहमत भएका छन्।

यादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए। यादवले गत मंसिर ५ गते मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.