उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

A notice in Nepali from Mechinagar Ward No. 10

९ वैशाख, काठमाडौँ : नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरुले त्यस्तो नगर्न निवेदन दिएको जानकारी अनलाइनखबरलाई दिए।

आयोगबाट त्यसको जवाफ आइनसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा रहेर चुनावी तालमेल गरेकाले कतिपय स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने छैनन् ।

उम्मेदवार नै नभएको स्थानमा चुनाव चिन्ह राख्न नहुने माग माओवादी केन्द्रको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.