काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

A notice in Nepali from Mechinagar Ward No. 10

९ वैशाख, काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सरेको जानकारी दिनुभयो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितुिरमा बस्ने भएको छ ।

शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसैगरी, काँग्रेसका उपसभापति खड्काले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित “निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति”मा सदस्यहरु मनोनयन गर्नुभएको छ ।

केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा काठमाडौंका लागि किरण गिरी र गणेश केसी, धनकुटामा आनन्द सन्तोषी राई, धादिङ्गमा डिपी अर्याल, कैलालीमा डिपी उपाध्याय, सङ्खुवासभामा श्याम विश्वकर्मा, स्याङ्जामा दिलिपाश्री अधिकारी र सुनसरीमा मनोज चौधरी मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.