भन्सार एजेन्ट परीक्षा तोकिएकै मितिमा, १ लाइसेन्समा ३ जनाले काम गर्ने बाध्यता हट्दै

A notice in Nepali from Mechinagar Ward No. 10

गत वर्ष नै हुनुपर्ने भन्सार एजेन्टको लाइसेन्स परीक्षाको बल्ल टुंगो लागेको छ।

पछिल्लो समय यही वैशाख १७ का लागि तोकिए पनि हुने नहुने अन्योल कायमै थियो।

यही वैशाख ३० मै स्थानीय निर्वाचन हुने भएपछि आचारसंहिताका कारण निर्वाचन आयोगले पछिल्लो मितिमा पनि परीक्षा नगर्न भनेको थियो।

तर एक दिन नबित्दै परीक्षा लिने निकाय लोकसेवा आयोग र निर्वाचन आयोगबीच शुक्रबार सहमति भएपछि भन्सार एजेन्टको परीक्षा तोकिएकै मितिमा हुने निश्चित भएको छ।

अर्थसचिव मधु मरासिनीले आज निर्वाचन आयोगसँग भएको छलफलपछि तोकिएकै मितिमा परीक्षा हुने सहमति भएको जानकारी दिए। सोही सम्बन्धमा आजै निर्वाचन आयोगले समेत भन्सार विभागलाई पत्र लेख्दै विभागको सूचनाअनुसार नै परीक्षा हुने जनाएको छ।

आयोगले भनेको छ, ‘भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम गर्न आचारसंहिता लागू भएकाले अप्ठ्यारो हुने भनिएको भए पनि लोकसेवा आयोगको आग्रहमा परीक्षाफल प्रकाशन भने आचारसंहिताको अवधि सकिएपछि गर्ने जनाइएकोले तोकेकै मितिमा परीक्षा सञ्चालन गर्न सहमति प्रदान गरिएको छ।’

नेपालको वैदेशिक व्यापार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ अर्ब रुपैयाँको भइसकेको छ। यो आर्थिक वर्षमा २० खर्ब रुपैयाँबराबरको वस्तु व्यापार हुने आकलन छ।

यति धेरै परिमाणको वैदेशिक व्यापारमा जम्मा १ सय ७० जना भन्सार एजेन्टले प्रमाणित गरिरहेका छन्। सरकारले २१ वर्षदेखि भन्सार एजेन्टको लाइसेन्स दिन सकिरहेको छैन।

आजभन्दा २१ वर्षअघि अर्थात् आर्थिक वर्ष २०५७/०५८ अहिलेसम्म लाइसेन्स थप्नसकेको छैन। त्यस समयमा नेपालको वैदेशिक व्यापार १ खर्ब ५४ अर्ब रुपैयाँको थियो। २०५७ सालमा ५ सय रहेका एजेन्टहरु अहिले १ सय ७० जना मात्रै छन्।

भन्सार विभागका अनुसार त्यस समयमा आबद्ध भएकाहरु अहिले केही पेशा परिवर्तन भएको र केहीको मृत्यु समेत भएको देखिएको छ। सोही कारण अहिले १ सय ७० जना मात्रै छन्।

हाल सरकारले नयाँ थपको लागि आवेदन मागेको हो। गत वर्ष नै आवेदन खुलाएर परीक्षा गर्न खोजे पनि मिति सर्दै आइरहेको छ।

६ सय ४० जनालाई लाइसेन्स दिने तयारी गरे पनि गत वर्ष पुराना एजेन्टहरुले नै योग्यता बढी बनाएको भन्दै अदालतमा उजुरी गरेका थिए। सोही कारण तोकिएको समयमा परीक्षा हुनसकेको थिएन।

पछि अदालतले नै सो उजुरी खारेज गरेको थियो। त्यसपछि फागुनमा समावेशी समानुपातिक रुपमा कोटा वितरण नगरेको भन्दै उजुरी परेको थियो।

त्यसको सुनुवाइ गर्दै अदालतले परीक्षा गराउन बाटो खोलिदिएको थियो। त्यसपछि वैशाख १७ गतेलाई भन्सार विभागले परीक्षा तोकेको थियो।

भन्सार एजेन्ट कम भएपछि प्रमाणीकरणका लागि सरकारले एक जनाको लाइसेन्सले ३ जनाले काम गर्न पाउने व्यवस्था गरेको छ।

लाइसेन्सधारीले २ जना सहायक राख्न पाउने व्यवस्था भन्सार विभागले गरिदिएको छ। विभागका सूचना अधिकारीका अनुसार भन्सार एजेन्टको संख्या कम र भन्सार कार्यालय तथा वैदेशिक व्यापारको परिमाणहरु बढ्दै गएपछि विभागले यस्तो व्यवस्था गरिदिएको हो।

अब ६ सय ४० जना थपिएपछि भन्सार प्रमाणीकरण सहज हुने सरकारको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.