Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

भन्सार एजेन्ट परीक्षा तोकिएकै मितिमा, १ लाइसेन्समा ३ जनाले काम गर्ने बाध्यता हट्दै

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
April 22, 2022
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय
0
0 0
0
सेयर
122
हेरिएको
Share on FacebookShare on Twitter
भन्सार विभागद्वारा भन्सार एजेण्ट परीक्षा स्थगित

गत वर्ष नै हुनुपर्ने भन्सार एजेन्टको लाइसेन्स परीक्षाको बल्ल टुंगो लागेको छ।

पछिल्लो समय यही वैशाख १७ का लागि तोकिए पनि हुने नहुने अन्योल कायमै थियो।

यही वैशाख ३० मै स्थानीय निर्वाचन हुने भएपछि आचारसंहिताका कारण निर्वाचन आयोगले पछिल्लो मितिमा पनि परीक्षा नगर्न भनेको थियो।

तर एक दिन नबित्दै परीक्षा लिने निकाय लोकसेवा आयोग र निर्वाचन आयोगबीच शुक्रबार सहमति भएपछि भन्सार एजेन्टको परीक्षा तोकिएकै मितिमा हुने निश्चित भएको छ।

अर्थसचिव मधु मरासिनीले आज निर्वाचन आयोगसँग भएको छलफलपछि तोकिएकै मितिमा परीक्षा हुने सहमति भएको जानकारी दिए। सोही सम्बन्धमा आजै निर्वाचन आयोगले समेत भन्सार विभागलाई पत्र लेख्दै विभागको सूचनाअनुसार नै परीक्षा हुने जनाएको छ।

आयोगले भनेको छ, ‘भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम गर्न आचारसंहिता लागू भएकाले अप्ठ्यारो हुने भनिएको भए पनि लोकसेवा आयोगको आग्रहमा परीक्षाफल प्रकाशन भने आचारसंहिताको अवधि सकिएपछि गर्ने जनाइएकोले तोकेकै मितिमा परीक्षा सञ्चालन गर्न सहमति प्रदान गरिएको छ।’

नेपालको वैदेशिक व्यापार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ अर्ब रुपैयाँको भइसकेको छ। यो आर्थिक वर्षमा २० खर्ब रुपैयाँबराबरको वस्तु व्यापार हुने आकलन छ।

यति धेरै परिमाणको वैदेशिक व्यापारमा जम्मा १ सय ७० जना भन्सार एजेन्टले प्रमाणित गरिरहेका छन्। सरकारले २१ वर्षदेखि भन्सार एजेन्टको लाइसेन्स दिन सकिरहेको छैन।

आजभन्दा २१ वर्षअघि अर्थात् आर्थिक वर्ष २०५७/०५८ अहिलेसम्म लाइसेन्स थप्नसकेको छैन। त्यस समयमा नेपालको वैदेशिक व्यापार १ खर्ब ५४ अर्ब रुपैयाँको थियो। २०५७ सालमा ५ सय रहेका एजेन्टहरु अहिले १ सय ७० जना मात्रै छन्।

भन्सार विभागका अनुसार त्यस समयमा आबद्ध भएकाहरु अहिले केही पेशा परिवर्तन भएको र केहीको मृत्यु समेत भएको देखिएको छ। सोही कारण अहिले १ सय ७० जना मात्रै छन्।

हाल सरकारले नयाँ थपको लागि आवेदन मागेको हो। गत वर्ष नै आवेदन खुलाएर परीक्षा गर्न खोजे पनि मिति सर्दै आइरहेको छ।

६ सय ४० जनालाई लाइसेन्स दिने तयारी गरे पनि गत वर्ष पुराना एजेन्टहरुले नै योग्यता बढी बनाएको भन्दै अदालतमा उजुरी गरेका थिए। सोही कारण तोकिएको समयमा परीक्षा हुनसकेको थिएन।

पछि अदालतले नै सो उजुरी खारेज गरेको थियो। त्यसपछि फागुनमा समावेशी समानुपातिक रुपमा कोटा वितरण नगरेको भन्दै उजुरी परेको थियो।

त्यसको सुनुवाइ गर्दै अदालतले परीक्षा गराउन बाटो खोलिदिएको थियो। त्यसपछि वैशाख १७ गतेलाई भन्सार विभागले परीक्षा तोकेको थियो।

भन्सार एजेन्ट कम भएपछि प्रमाणीकरणका लागि सरकारले एक जनाको लाइसेन्सले ३ जनाले काम गर्न पाउने व्यवस्था गरेको छ।

लाइसेन्सधारीले २ जना सहायक राख्न पाउने व्यवस्था भन्सार विभागले गरिदिएको छ। विभागका सूचना अधिकारीका अनुसार भन्सार एजेन्टको संख्या कम र भन्सार कार्यालय तथा वैदेशिक व्यापारको परिमाणहरु बढ्दै गएपछि विभागले यस्तो व्यवस्था गरिदिएको हो।

अब ६ सय ४० जना थपिएपछि भन्सार प्रमाणीकरण सहज हुने सरकारको अपेक्षा छ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
निषेधाज्ञ पूर्णरुपमा पालना गर्न नगरवासीमा आग्रह

मेचीनगरका जनप्रतिनिधिद्वारा धमाधम राजिनामा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In