स्थानीय निर्वाचनमा उम्मेदवारी दिन आवश्यक कागजात : सूचीसहित

A notice in Nepali from Mechinagar Ward No. 10

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आईतबार र सोमबार उम्मेदवारी दिने समय राखेकाे छ।

 

 

आयोगले उम्मेदवारी दिन इच्छुक व्यक्तिले आवश्यक कागजात लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन भनेको छ।

उक्त दुई दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ।

निर्वाचन आयाेगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन निम्न बमाेजिम ​ कागजातहरु आवश्यक रहेकाे जनाएकाे छ।

प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्ष पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,

३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,

४. सम्बन्धित पालिकाको कुनै एक वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

५. उम्मेदवारको स्वघोषणा

त्यस्तै, वडा अध्यक्ष र सदस्य पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,

३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,

४. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

५. उम्मेदवारको स्वघोषणा

त्यसैगरी, दलित महिला वडा सदस्य पदका लागि

१‍. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,

३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,

४. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

५. उम्मेदवारको स्वघोषणा,

६  सम्बन्धित पालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणपत्र

आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षले १५ सय रूपैँया, वडाध्यक्षले एक हजार र वडा सदस्यले ५ सय रूपैँया तोकेको छ।

महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशतले छुटपनि दिइने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.