११ वैशाख,मेचीनगर : निक्कै रस्साकस्सीपछि नेकपा एमालेले मेचीनगर नगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारकाे टुंगो लगाएकाे छ । आगामी वैशाख ३० गते हुन गईरहेकाे स्थानीय तहकाे निर्वाचनकालागि निर्वाचन आयाेगले सार्वजनिक गरेकाे उम्मेद्वारी मनाेनयनकाे समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गाेपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पाेखरेल उप्रेतीकाे नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएकाे एक नेताले बताए ।
बुढाथोकीले १ नम्वर प्रदेशसभा सदस्य हुनुहुन्छ भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाकाे उपप्रमुख हुनुहुन्थ्यो । शनिवार मध्यरातमा यी दुई नाम टुंगो लगाएकाे समाचार स्राेतकाे भनाई छ ।

























