प्रथम रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि धुलाबारी टाइगर्सले उचाल्यो : प्रतिस्पर्धी बोस्टन ब्लास्टर्स विर्तामोड ७ विकेटले पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

११ वैशाख, मेचीनगर : प्रथम रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि धुलावारी टाइगर्सले जितेको छ । प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी बोस्टन ब्लास्टर्स विर्तामोडलाई ७ विकेटले लाई पराजित गर्दै धुलाबारी टाइगर्स च्याम्पियन बनेको हो ।

जीतसँगै धुलाबारीले नगद २ लाख ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता विर्तामोडले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझायो । लर्डबुद्व क्रिकेट एकेडेमीले काँकरभिट्टा माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन बनाउन सफल भएको थियोे ।
बोस्टनका लागि विवेक चिमरियाले सर्वाधिक २८ रन बनाए भने समीर कार्की २३ रन, विधान गोस्वामी १७ रन, सुरज खड्का १६ रन, तथा अर्विन क्षेत्रीले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी नचल्दा बोस्टनले सामान्य स्कोर खडा गरेको थियोे ।

बलिङतर्फ धुलाबारीका दिपेश कडेल र ज्ञानेन्द्र श्रेष्ठले समान २–२ विकेट हात पारे भने गुल्सन झा, राज थापा र प्रवेश कामतिले समान १–१ विकेट हात पारे।
उपाधिका लागि १३७ रनको लक्ष्यका साथ मैदान उत्रिएको धुलाबारीले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । धुलाबारीका लागि डम्बर विष्टले विष्फोटक व्याटिङ गर्दै ४४ बलमा ८९ रन प्रहार गरेका थिए भने विवेक बुढाथोकीले १२ रन, फइन रहमानले नटआउट २१ रन तथा सुजन थपलियाले नटआउट ६ रन बनाउँदै टिमलाई जित दिलाए।

बलिङतर्फ बोस्टनका लागि मिनास थापा, विधान गोस्वामी र करण केसीले समान १–१ विकेट लिए। खेलको म्यान अफ द म्याच डम्बर विष्ट घोषित हुँदै नगद ३ हजार हात पारे। प्रतियोगिताको बेष्ट ब्याट्सम्यानको उपाधि मन्जित श्रेष्ठले हात पारे भने वेष्ट बलरको उपाधि धुलाबारीका ज्ञानेन्द्र श्रेष्ठले हात पारे। त्यस्तै वेष्ट फिल्डरको उपाधि भद्रपुरका सौजन घिमिरेले प्राप्त गरे भने प्लेयर अफ द सिरिज करण केसी घोषित हुँदै १५ हजार र ट्रफि प्राप्त गरे । प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.