११ वैशाख, काँकरभिट्टा : मेचीनगरमा नेकपा मालेकातर्फबाट नगरप्रमुखमा भराेशादास पाैडेलले मनाेनयन दर्ता गराउनुभएकाे छ । वडानम्वर १० वडाअध्यक्षकालागि नेकपा मालेले अशाेक खडाैलियाकाे उम्मेद्वारी दर्ता गरेकाे छ । स्थानीय पालिकाअन्तरगत मेचीनगर नगरपालिकनका रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा नेकपा मालेले पहिलाे उम्मेदवारी दर्ता गरेकाे पार्टीले जनाएकाे छ ।
नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवार रामकुमार काफ्ले र मेचीनगर वडानम्वर २ काे वडाध्यक्ष पदकालागि तिलकबहादुर कार्की स्वतन्त्र उम्मेदवारी दर्ता गर्न पुगे पनि आवश्यक कागजात नपुगेपछि निर्वाचन अधिकृतकाे कार्यालयले फर्काएकाे बताईएकाे छ । नेपाली काँग्रेससहितकाे ५ दलिय गठबन्धनले भाेली दिउसाे २ बजे र नेकपा एमालेले विहान उम्मेदवारी दर्ताकाे समय लिईएकाे सम्बन्धित पार्टीले जनाएका छन् ।

























