एमाले नगर इन्चार्ज राईद्वारा नगर प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

१२ वैशाख, मेचीनगर : नेकपा एमाले मेचीनगरका इन्चार्ज देवकुमार राईले नगर प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । एमालेले गोपालचन्द्र बुढाथोकीलाई आधिकारिक उम्मेद्वार बनाएकाले राईले बागी उम्मेद्वारी दर्ता गर्नु भएको हो ।

‘१४ वर्षदेखि पार्टीको नगर इन्चार्जको रुपमा काम गरिरहेको छु,’ राईले भन्नुभयो, ‘मैले टिकट माग्दा हुँदैन भनेर फर्काए, त्यसैले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको छु ।’

मेचीनगर-६ काँकरभिट्टा निवासी एमाले झापाका सचिवालय सदस्य समेत रहनु भएका राईले भन्नुभयो, ‘मेरो उम्मेद्वारी एमालेका इमान्दार कार्यकर्ताको पक्षमा हो ।’

आफुले पार्टी संगठन निर्माणमाका लागि गरेको योगदानको मुल्याकंन नभएको राईले गुनासो गर्नु भयो । उम्मेद्वारी दर्ता गरेका कारण आइपर्ने सबैखाले अप्ठ्यारा सामना गर्न आफु तयार रहेको तर उम्मेद्वारी फिर्ता नलिने राईले बताउनु भयो ।(सेतोपत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.